Local Sandesh बुधबार, कार्तिक १९ २०८३
  • ट्रेण्डिङ :

रेजिनले गरे मछिन्द्रसँग सम्झौता नवीकरण

रेजिनले गरे मछिन्द्रसँग सम्झौता नवीकरण

  • लोकल सन्देश
  • शुक्रबार, भाद्र ४ २०७८


रेजिनले गरे मछिन्द्रसँग सम्झौता नवीकरण

इलाम । फरवार्ड रेजिन सुब्बाले मछिन्द्र क्लबसँगको सम्झौता नवीकरण गरेका छन् । मछिन्द्रले शुक्रबार सामाजिक सञ्जालमार्फत झापाका रेजिनसँगको सम्झौता नवीकरण गरिएको जनाएको छ । मछिन्द्रले नयाँ सिजनको सहिद स्मारक ‘ए’ डिभिजन लिगका लागि रेजिनको सम्झौता थप गरेको हो ।

नयाँ सिजनको ‘ए’ डिभिजन लिग कात्तिक २९ गतेबाट सुरु हुनेछ । मछिन्द्र पछिल्लो संस्करणको ‘ए’ डिभिजनको च्याम्पियन टोली हो । मछिन्द्रले पहिलो पटक शीर्ष डिभिजनको लिग जित्दा रेजिन टिमको मुख्य खेलाडी रहेका थिए ।  मछिन्द्रले यस अघि सुजल श्रेष्ठ र अभिषेक रिजालसँगको सम्झौता नवीकरण गरेको थियो ।

त्यस्तै मनिष डाँगीलाई अनुबन्ध गरेको छ । यु–१९ टोलीका कप्तान समेत रहेका रेजिनले नेपालको यू–२३ टोलीबाट खेलिसकेका छन् । इन्जुरीका कारण रेजिनले गत बैशाखमा सम्पन्न एनएसएल गुमाएका थिए । यस अघि झापाकै प्रवेश कटुवालले मछिन्द्रले प्रशिक्षकको रुपमा सम्झौता नविकरण गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार