नयाँबजार । यतिबेला गाउँ घरमा बोटमै लटरम्मै फलेका कृषि उपज सामानहरु स्कुस, रातै भएका खुर्सानी , बोटमै पाकेका काक्रा करेला, रुख टमाटर बिहि लगायतका सामाग्रीहरु देख्न सकिन्छ । कोरोना भाइरसका कारण देशभर नै लकडाउन निशेधाज्ञाका कारण किसानहरुले उत्पादन गरेका कृषि सामाग्रीहरु यतिबेला बोटमै कुहिने गरेका छन् । बजार खुल्छ र बिक्ला भन्ने आश हराएको किसान राम काफ्लेले बताए ।
कोरोना झन बढिरहेको छ अब खुल्छ र आफुले उत्पादन गरेका सामनहरु बिक्छ भनेर आस हराएको उनले बताए । पोहोरको जस्तो सामान्य स्थिती बन्ला र सामानहरु बिक्ला भनेर खेती गरियो तर सबैतिर लकडाउन छ बजार पसल बन्द त्यही माथी बाटो बिग्रेका कारण सामानहरु त्यसै कुहिने उनले बताए । बाटो कच्ची यहाँ व्यापारीहरु पनि अहिले नआउने अनि भाउ पनि नहुने हुँदा काक्रा खुर्सानी लगायत सामाग्रीहरु कुहिने गरेको किसानहरुको गुनासो छ ।

सधाजस्तो स्कुसको अदुवाको भाउ नहुदा मर्का परेको अर्का किसान हरि चन्द्र काफ्लेले बताए । बोटभरी स्कुस लटरम्मै फलेको छ बजार खुल्ला छैन बाटोको असुविधा त्यही माथी बजार मूल्य नहुदा उत्पादन गरेका सामानहरु बेच्न गारो रहेको उनले बताए । अदुवाको भाउमा पनि गिरावट हुँदा माउ निकालेर बेच्नै गार्हो रहेको उनले गुनासो गरे ।
बिउको बेला महंगो मूल्य तिरेर रोप्यो बेच्ने बेला भाउ नहुँदा समस्या हुनेगरेको उनले बताए । माईजोगमाईको माथिल्लो भुमिमा उत्पादन हुने यी सामानहरु थोरै ढिलो उत्पादन हुने हुँदा बजार खुल्ला हुदा सामान नहुने अनि बर्खाको बेला सामान निक्लिन्छ तब ढुवानिमा समस्या बजार मुल्यमा समस्या रहेको छ । उत्पादन गरेको सामानहरु मजाले बिक्री हुने भए खेती गर्न पनि जागर चल्ने थियो एक किसानले बताए । सामान नबिक्दा काम गर्न मन नलाग्ने बताए ।

बर्खाको समय बाटोको समस्या बजार मुल्यको समस्या हुदा सबै क्षेत्रमा गारो रहेको छ ।पछिल्लो समय शहर बसेर कोरोनाका कारण गाउँ आएर विभिन्न खेती गर्दा नबिक्ने मूल्य नहुने हुदा गरेको काम बाट केही पनि आश नहुने देखिन्छ । कोरोना कहर यस्तै बढेर जाने हो भने सबै सामान बोटमै स्वाहा हुने देखिन्छ ।