इलाम । प्रदेश एकको प्रमुख पर्यटकीय गन्तव्य सन्दकपूर जोड्ने सडक कालोपत्रे कामले तिब्रता पाएको छ । इलाम सदरमुकामबाट सन्दकपूर गाउँपालिकाको माबु हुँदै सन्दकपूर जोड्ने सडकको दोस्रो खण्डको १२ किलोमिटर सडक कालोपत्रे गर्ने काम हुँदै आएको हो ।

प्रदेश सासंद खिनु लङ्वा लिम्बुको प्रस्तावमा प्रदेश सरकारले सडक कालोपत्रे गर्ने काम थालनी भएको थियो । दक्षिण एशियाकै सुन्दर पर्यटकीय गन्तव्य सन्दकपूर जोड्ने सडक कालोपत्रे गर्ने कामले तिब्रता पाएको छ । इलाम सदरमुकामबाट बरबोटे हुँदै सन्दकपूर जोड्ने सडक कालोपत्रे गर्ने कामले तिब्रता पाएपनि स्थानीयमा खुशियाली छाएको छ ।

नेपालतर्फबाट कच्चि सडकले जोडिएको सन्दकपूर पुग्ने सडक प्रदेश नम्बर एक सरकारले दुई चरणमा कालोपत्रे गर्ने योजना कार्यान्वयन गर्दै आएको छ । पूर्वाधार विकास कार्यालय झापाबाट सो सडकको दोस्रो खण्ड कालोपत्रेका लागि ठेक्का संझौता भई निर्माणको काम हुँदै आएको छ ।

सडकको पहिलो खण्डको ठेक्का संझौता हुन बाँकी रहेको पूर्वाधा विकास कार्यालय झापाले जनाएको छ । दोस्रो खण्डको १२ किलोमिटर सडक कालोपत्रेका लागि २०७६ असार ३१ गते ठेक्का संझौता भई धमाधम काम हुँदै आएको पूर्वाधार विकास कार्यालय झापाका इञ्जिनियर रमेश श्रेष्ठले बताउनुभयो ।
दोस्रो खण्डको काम ४८ महिनामा सम्पन्न गर्ने गरि एमएस दिवा संखर त्रिसक्ति जेभिले ठेक्का पाएको थियो । सन्दकपूर ४ को गुरुङ्ग गुम्बाबाट दोबाटेसम्म कालोपत्रे गर्ने योजना अनुरुप सडकको नाला निर्माण, रिटेनिङ वाल लगाउने र ग्याभिङ्ग वाल लगाउने काम हुँदै आएको छ ।

डिभिएसटि प्रविधिमा कालोपत्रे हुने सडक नाला सहित आठ मिटर हुनेछ । ३० प्रतिशस निर्माण सम्पन्न भएको सडक कालोपत्रेका लागि ४४ करोड २६ लाख २० हजार ८ सय ७९ मा ठेक्का संझौता भएको थियो ।
३६ सय ३६ मिटर अग्लो सन्दकपूर पर्यटकीय क्षेत्र प्रदेश एकको प्रमुख पर्यटकीय गन्तव्यमा घोषणा भएसँगै पूर्वाधार निर्माणको काम तिब्रताका साथ हुँदै आएको छन् । सडक कालोपत्रेका लागि बहुवर्षे ठेक्का स्वीकृत गरिएकाले भुत्तानीको समस्या हुन नदिने प्रदेश सासंद खिनु लङ्वा लिम्बुले बताइन् ।