Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

हर्टिकल्चरको समस्याको समाधानको लागि प्रधानमन्त्रीलाई एसएमएस अभियान

हर्टिकल्चरको समस्याको समाधानको लागि प्रधानमन्त्रीलाई एसएमएस अभियान

  • सन्देश सम्वाददाता
  • शनिबार, साउन २३ २०७८


हर्टिकल्चरको समस्याको समाधानको लागि प्रधानमन्त्रीलाई एसएमएस अभियान

इलाम । बिएस्सी हर्टिकल्चरका विद्यार्थी आन्दोलनमा ऐक्युवद्धता जनाउँदै अखिल क्रान्तिकारी इलामले समस्या समाधानको लागि प्रधानमन्त्रीलाई एसमएस अभियान चलाएको छ । लोकसेवा र स्नातकोत्तर तह अध्ययन सम्बन्धी समस्या समाधानको लागि अभियान चलाएको जिल्ला सँयाेजक विपिन पाेख्रेलले जानकारी दिए ।

प्रधानमन्त्री शेरबहादुर देउवासंगै अर्थमन्त्री जनार्दश शर्मा, उर्जामन्त्री पम्फा भुसाल, गृहमन्त्री बालकृष्ण खाँडलाई समेत ध्यानार्कषण गराइने भएको छ । क्रान्तिकारीले सरकारलाई ध्यानार्कषण गराउन विद्यार्थी संगठनहरु, बुद्धिजीवी, युवा-विद्यार्थी, सम्पुर्ण सरोकारवाहरुमा अनुरोध गरेको छ ।

क्रान्तिकारीले प्रधानमन्त्रीलाई ९८५१०८७२८८ उर्जामन्त्री भुसाललाई ९८५११०३१६६ अर्थमन्त्री शर्मालाई ९८५११००४४३ र गृहमन्त्री खाँणलाई ९८५१०२३५९९ मा मापदण्ड पुगेका कृषि सेवा समूहमा लोकसेवा सुनिश्चिता हुनुपर्ने र मापदण्ड पुगेका विषयहरुमा AFU मा Msc. Agriculture गर्न पाउनुपर्ने लेखेर एसएमएस गर्न अनुरोध गरेको छ । विद्याथीहरुलाई अभियानमा सहयाेग गर्न पर्चा समेत वितरण गरिएकाे शेखर तिम्सिनाले जानकारी दिए

 

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार