नयाँबजार । कोरोना भाइरस (कोभिड १९) को संकमण दर र मृत्यु दर जिल्लाको १० वटै स्थानीय तहमा उच्च रूपमा रहेको छ । उच्च संक्रमण र बढि भिडभाड हुने क्षेत्रहरू पुर्ण रुपमा शिल छन् । कोरोना दर बढदै गए पछि गरिएको लकडाउनले यति बेला सहर–बजार ठप्प छ । तर गाउँ घरमा भने लकडाउनले खासै असर नगरेको पाइएको छ ।

गाउँघरमा यसै पनि खासै लकाडाउनले प्रभाव नपरेको बेला यतिखेर गाउघरमा कामको चटारोले भ्याई नभ्याई रहेको छ । कतै खेत रोप्ने त कतै मकै थन्काउने अनि कतै धमाधम चिया टिपाई । यस्तै कामको चटारो देख्न सकिन्छ इलामको माईजोगमाई गाउँपालिका भित्र । अधिकाशं ग्रामिण क्षेत्र रहेको उक्त गाउँपालिकामा ठाउँ अनुसार विभिन्न कामहरुले यतिबेला कृषकहरुलाई भ्याई नभ्याई भएको हो ।

माईजोगमाई गाउँपालिका–३ नं वडाको गुप्ती क्षेत्रमा भने यतिबेला चिया टिप्न कृषकहरुलाई चटारो परेको छ । पहिलो सिजन पानी कम्ती परेर चिया पनि कम्ति नै पलाए पनि अहिले पानीको मात्रा प्रशस्त भएपछी चिया पहिलाको तुलनामा बढि पलाएको छ । कोरोना महामारीलाई मध्यनजर गर्दै सामाजिक दुरी समेत कायम राखेर एउटै गाउँका किसानहरु चिया टिप्न ब्यस्त देखिन्छन ।

दोस्रो सिजनको अन्त्य तिरको चिया टिप्न धमाधम र शहर बजार तिरको जस्तो लकडाउनले गाउँ घरमा खासै असर नगरेको एक किसानले बताए । टाढाको खेतला नहुँदा काम गर्न खासै समस्या नहुने उनले बताए । यता बर्खाको बेला बाटो बिग्रेका कारण चिया संकलन गर्न र ढुवानी गर्न धेरै समस्या परेको व्यपारीहरुको गुनासो रहेको छ । यहाँ बाट चिया गाडिमा फिक्कल लानु पर्ने तर बाटो अत्यधिक बिग्रेका कारण ढुवानीमा निकैनै समस्या भोग्नुपरेको अधिकाँशको गुनासो छ ।

करिब २० किलोमिटर कच्ची बाटो गाडी कुदाउन यतिबेला कम्तिमा ३ देखि ४ घण्टा लाग्ने र चिया बोक्न गार्हो रहेको सवारी चालकहरुले बताउने गरेका छन । चिया उत्पादन धेरै हुन्छ दैनिक लिएर जानू पर्छ बाटो बिग्रेका कारण समयमै ठाउँमा नपुगिने चिया गाडिमा पाक्ने गाडिको सामान टुटफुट धेरै हुने गरेको छ । उत्पादन भए पनि बाटो राम्रो नभएका कारण समस्या रहेको कृषकहरुको गुनासो रहेको छ ।

अन्य कृषि उपज सामानहरु उत्पादन गर्दा पनि बाटोको समस्याका कारण भनेजस्तो बजार भाउ नपाउने गरेको किसानहरुको गुनासो छ । कोरोना महामारिका बिच शहरतिर रहेका व्यक्तिहरु गाउँमा आएर अहिले मनग्यै खेतिपाती अन्य बाख्रा पालन गाईपालन गरेको देख्न सकिन्छ ।

कोरोना महामारीका बिच शहरतिर बसोबास गर्ने प्राय मानिसहरुले गाउँ घरमा आएर खेती पाती गरेको देख्दा अब साच्चैनै यो क्षेत्र अथवा समग्र गाउँपालिकामा कृषि पेशाबाट बजार र बाटो राम्रो हुने हो भने केही गर्न सक्ने देखिन्छ ।
