Local Sandesh बुधबार, कार्तिक १९ २०८३
  • ट्रेण्डिङ :

हिटमा शिर्ष रहँदै एलेक्सले सुधारे राष्ट्रिय किर्तिमान

हिटमा शिर्ष रहँदै एलेक्सले सुधारे राष्ट्रिय किर्तिमान

  • सन्देश सम्वाददाता
  • मंगलबार, साउन १२ २०७८


हिटमा शिर्ष रहँदै एलेक्सले सुधारे राष्ट्रिय किर्तिमान

इलाम । पौडीका एलेक्जेन्डर गाडेगार्ड शाह (एलेक्स) ले पुरुष १ सय मिटर फ्रीस्टाइलमा आफ्नो किर्तिमान सुधार गरेका छन् । टोकियो ओलम्पिक २०२० मा सहभागी एलेक्सले निर्धारित दुरी ५३.४१ सेकेन्डमा पूरा गर्दै किर्तिमान सुधार गरेका हुन् । यसअघि उनले ५५.३८ सेकेन्डमा निर्धारित दुरी पार गर्दै किर्तिमान राखेका थिए । एलेक्स आफ्नो हिट मा शीर्ष स्थानमा रहे ।

७ खेलाडी रहेको यस हिटमा एलेक्स छैटौं लेनमा रहेका थिए । यपदी एलेक्स अघिल्लो चरण प्रवेश गर्न भने असफल रहे । हिट चरणबाट कम समयमा पूरा गर्ने शीर्ष १६ खेलाडीले सेमिफाइनलमा स्थान बनाउनेछन् । यस स्पर्धामा प्रतिस्पर्धा गरेका कुल ७१ खेलाडीमध्ये एलेक्स ५९ औं स्थानमा रहे । एलेक्सले दक्षिण एसियाका भुटान, माल्दिभ्स र पाकिस्तानका खेलाडीसहित १० जनालाई पछि पारे ।

१३ औं दक्षिण एसियाली खेलकुदमा यसै विधामा स्वर्ण जितेका श्रीलंकाका म्याथ्यु अबेसिंघेले ५०.६२ सेकेन्डमा पूरा गरे । समग्रमा ४८.४४ सेकेन्डभन्दा कम समयमा पूरा गर्नेले सेमिफाइनलमा स्थान बनाए । पौडीमै गौरिका सिंहले भोली प्रतिस्पर्धा गर्नेछिन् । उनले १ सय मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्नेछिन् । यसमा राष्ट्रिय कीर्तिमान गौरिकाकै नाममा रहेको छ ।

उनले नेपालगंजमा भएको आठौं राष्ट्रिय खेलकुदमा ५९.६० सेकेन्डमा निर्धारित दुरी पूरा गरेकी थिइन् । एथलेटिक्सकी सरस्वती चौधरीले भने ३० जुलाईमा प्रतिस्पर्धा गर्नेछिन् । उनले १ सय मिटर दौडमा सहभागिता जनाउनेछिन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार