इलाम । इलाममा आजबाट कोरोना विरुद्धको खोप अभियानलाई निरन्तरता दिइदैछ । मंगलबारबाट ५५ वर्षभन्दा माथिका नागरिकलाई २ चरणमा खोप लगाउन सुरु गरिएको हो । १२ गतेदेखि १४ गतेसम्म र १७ गतेदेखि १९ गतेसम्म खोेप सञ्चालन हुने छ ।
दुई चरणमा गरेर सञ्चालन गरिने खोप कार्यक्रमको लागि २२ हजार नौ सय ८८ डोज खोप प्राप्त भएको स्वास्थ्य कार्यालय इलामले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ। तर, इलाममा दुई लाख २७ हजार तीन सय ४६ जना खोपको ब्यग्र प्रतिक्षामा छन् । इलाममा पहिलो डोज मात्रै लगाएकाको संख्या २० हजार ९७ जना छन् ।
पहिलो डोज लगाएको लामो समयसम्म दोस्रो डोज नपाउँदा खोप कति प्रभावकारी हुने भन्नेमा चिन्तित छन् । इलाममा हालसम्म ३१ हजार चार सय ६३ जनाले खोप लगाएका छन् । ती मध्ये दुवै डोज पुरा गर्नेको संख्या सात हजार नौं सय ८८ मात्रै छन् ।
जिल्लामा विभिन्न चरणमा सञ्चालित कोरोना विरुद्धको खोप अभियानमा कोभिडशिल्ड २२ हजार छ सय ३० जना र भेरोसिल्ड लगाउनेको संख्या आठ हजार आठ सय ३३ जना रहेका छन् । खोप कार्यक्रम जिल्लाका सम्पूर्ण पालिकाका श्वास्थ्य सस्थाहरुमा सन्चालन हुनेछन ।