Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

उकालो लाग्दै कोरोना ग्राफ : इलाममा हालसम्म सवैभन्दा उच्च संक्रमण

उकालो लाग्दै कोरोना ग्राफ : इलाममा हालसम्म सवैभन्दा उच्च संक्रमण

  • सन्देश सम्वाददाता
  • सोमबार, साउन ४ २०७८


उकालो लाग्दै कोरोना ग्राफ : इलाममा हालसम्म सवैभन्दा उच्च संक्रमण

इलाम : इलाममा दैनिक जसो कोरोनाको ग्राफ उकालो लाग्न थालेको छ । जिल्लामा आज एकै दिन १ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो दोश्रो भेरिएन्ट देखिएपछिको हालसम्मको सवैभन्दा उच्च हो । यसअघि गत असार ३१ गते १ सय जनामा देखिएको संक्रमण सवैभन्दा उच्च थियो ।

आज रोङ गाउँपालिकामा २९ जना, सूर्योदय नगरपालिकामा २८ जना, इलाम नगरपालिकामा २३ जना, माई नगरपालिकामा १८ जना, देउमाई नगरपालिका र फाकफोकथुम गाउँपालिकामा २–२ जना तथा माइजोगमाई गाउँपालिकामा एक जना संक्रमित भएका हुन् ।

संक्रमित बढ्दै जान थालेपछि इलामा साउन ७ गतेसम्म निषेधाज्ञा जारी भएपनि प्रायः सबै क्षेत्र खुल्ला हुँदा कोरोना ग्राफ उकालो लाग्दै गएको हो । जिल्लामा संक्रमितको संख्या दुई हजार ६२६ जना पुगेको छ । निको हुनेको संख्या १ हजार ९ सय ९ जना पुगेको छ । कोभिडको संक्रमणबाट इलाममा ५८ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार