फिक्कल । इलामको सूर्योदय नगरपालिकाले सहकारी र किसानहरुलाई मिनि टिलर (हाते ट्रयाक्टर) प्रदान गरेको छ । नगरपालिकाले ५० प्रतिशत अनुदानमा ५ वटा सहकारी र ३७ जना किसानलाई हाते ट्रयाक्टर प्रदान गरेको हो । बजार मुल्य ७० देखि ७५ हजार पर्ने भएपनि नगरपालिकाले प्रति ट्रयाक्टर ५२ हजारमा खरिद गरेको जनाइएको छ ।

किसानहरुको लागत न्युनिकरण र युवाहरुलाई कृषिमा आर्कर्षित गर्न आर्थिक बर्ष २०७७÷७८ को विनियोजित बजेटबाट टेन्डर मार्फत खरिद गरिएको नगर प्रमुख रणबहादुर राईले बताए । एक बर्ष वारेन्टी रहेको ट्रयाक्टर वडा मार्फत छनौँट गरिएको उनले बताए । नगरपालिकाले किसानहरुको सहजताको लागि २ दिवसीय हाते ट्रयाक्टर संचालन सम्बन्धी तालिम र मर्मत सम्भारको लागि दुई जनालाई तालिमको व्यवस्था गर्ने जनाएको छ ।
