Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

इलाममा एकैदिन थपिए १ सय संक्रमित

इलाममा एकैदिन थपिए १ सय संक्रमित

  • लोकल सन्देश
  • बिहिबार, असार ३१ २०७८


इलाममा एकैदिन थपिए १ सय संक्रमित

फिक्कल : इलाममा दोश्रो भेरिएन्टको कोरोना संक्रमण हालसम्मकै उच्च देखिएको छ । इलाममा आज एकैदिन १ सय जनामा संक्रमण देखिएको हो । सबैभन्दा बढि सूर्योदय नगरपालिकामा देखिएको छ । सूर्योदयमा १९ महिला र २४ पुरुष गरी एकैदिन ४३ जनामा संक्रमण देखिएको हो ।

देउमाई नगरपालिकामा १९, माईजोगमाई गाउँपालिकामा १४, रोङ गाउँपालिकामा ५ जना,फाकफोकथुम गाउँपालिकामा ६ जना थपिएका छन् । जिल्लामा हालसम्म २ हजार ४ सय ५२ जनामा संक्रमण देखिएकोमा १ हजार ८ सय ८० जना निको भएका छन् ।  ५७ जनाको संक्रमणबाट निधन भएको छ ।

सबैभन्द बढि संक्रमणबाट ज्यान गुमाउनेमा सूर्योदय नगरपालिका रहेको छ । सूर्योदयमा १७ जनाको मृत्यु भएको छ । इलाम नगरपालिकामा १३ जना, चुलाचुलीमा ११ जना, माङसेबुङमा ५ जना, माईजोगमाई ४ जना, माईमा ३ तथा रोङ गाउँपालिका र देउमाई नगरपालिकामा २÷२ जनाको मृत्यु भएको छ । हालसम्म फाकफोकथुम र सन्दकपुर गाउँपालिकामा संक्रमणबाट निधन हुनेको संख्या शुन्य रहेको देखिन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार