Local Sandesh बुधबार, कार्तिक १९ २०८३
  • ट्रेण्डिङ :

फ्रेन्च फुटबलर केलियन एमबाप्पेलाई पेलेको सान्त्वना

फ्रेन्च फुटबलर केलियन एमबाप्पेलाई पेलेको सान्त्वना

  • सन्देश सम्वाददाता
  • मंगलबार, असार १५ २०७८


फ्रेन्च फुटबलर केलियन एमबाप्पेलाई पेलेको सान्त्वना

एजेन्सी । फ्रेन्च फुटबलर केलियन एमबाप्पेले युरो कप अन्तर्गत सोमबार राति सम्पन्न भएको स्विट्जरल्यान्ड विरुद्धको खेलमा पेनाल्टी मिस गरे । जसको फलस्वरूप फ्रान्स युरो कप २०२० को अन्तिम १६ बाट नै बाहिरिएको छ । दुबै टिम बीचको खेल निर्धारित ९० मिनेट र अतिरिक्त समयमा ३-३ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टीमार्फत लिइएको थियो । युरो कप २०२० मा केलियन एम्बापेले एक गोल पनि गर्न सकेका छैनन्।

प्रतियोगिताभरि नै खराब प्रदर्शन गरेका पिएसजीका फरवार्डले निर्णायक गोल गर्न नसकेपछि उनलाई खेलाडीहरूले सान्त्वना दिइरहेका छन् । ब्राजिलका महान फुटबलर पेलेले पनि ट्विटर मार्फत् सान्त्वना दिएका छन् । उनले लेखेका छन्, ‘आफ्नो शिर उच्च राख, भोलि तिम्रो नयाँ यात्राको पहिलो दिन हो ।’

एमबाप्पेले तीन वर्ष अघि फ्रान्सले विश्वकप जित्दा उत्कृष्ट प्रदर्शन गरेका थिए । त्यति बेला उनले ४ गोल गर्दै विश्वकपको उत्कृष्ट युवा खेलाडी बने । त्यतिबेला उनले पेलेको तीन रेकर्ड बराबर गरेका थिए ।

https://twitter.com/Pele/status/1409644571550617603

प्रतिक्रिया
सम्बन्धित समाचार