इलाम । इलाममा आज एकै दिन ३१ जनामा कोरोना संक्रमण देखिएको छ । जिल्ला प्रशासन कार्यालयको अद्यावधिक विवरणअनुसार सन्दकपुर गाउँपालिकामा सबैभन्दा बढी संक्रमण देखिएको छ । सन्दकपुर गाउँपालिकामा ५ महिला र ५ पुरुष गरी १० जनामा संक्रमण देखिएको छ । यो संख्या हालसम्मको एकै दिनमा देखिएको सवैभन्दा उच्च हो ।
देउराली बजारमा मात्र ५७ जनामा टेस्ट गर्दा ७ जनामा पोजेटिभ देखिएको सन्दकपुर सम्वाददाता किरण राईले जानकारी दिए । जसमा ३ जना पुरुष, १ महिला र ३ बालबालिका रहेका छन् । इलाम नगरपालिकामा आठ जना,देउमाई नगरपालिकामा नौ जना, माईजोगमाई गाउँपालिकामा एक, सूर्योदय नगरपालिकामा तीन जनामा संक्रमण देखिएको छ ।
हाल जिल्लामा दुई सय ७९ जना सक्रिय संक्रमित छन् । जसमध्ये होम आइसोलेसनमा दुई सय ६८, सामान्य उपचारमा छ जना, आइसीयुमा पाँच जना उपचाररत छन् ।