Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

इलामले पुवाखोलामा वञ्जीजम्प बनाउने

इलामले पुवाखोलामा वञ्जीजम्प बनाउने

  • सन्देश सम्वाददाता
  • बिहिबार, असार १० २०७८


इलामले पुवाखोलामा वञ्जीजम्प बनाउने

इलाम । इलाम नगरपालिकाको नवौं नगरसभाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरेको छ । बुधबार शुरु भएको नगरसभामा नगरपालिकाकी उपप्रमुख सुशीला नेम्बाङले पेश गरेको नीति तथा कार्यक्रम नगरसभाले पारित गरेको हो । इलाम नगरपालिकाको नीति तथा कार्यक्रममा केही नयाँ कार्यक्रमहरु समावेश गरिए पनि उल्लेख्य नयाँ कार्यक्रमहरु छैनन् ।

अधिकांश कार्यक्रमहरु विगतकै निरन्तरता दिइएको देखिन्छ ।नगरको आर्थिक विकासका लागि कृषिलाई समृद्धिको प्रमुख आधार बनाउन नीति तथा कार्यक्रममा नगरमा ‘एक वडा १० कृषि स्नातक’ नारा कार्यक्रम अघि बढाइने उल्लेख छ ।यसरी पूवाखोलामा बञ्जी जम्प निर्माण थालिने पनि उल्लेख छ ।

नगरका सुकुम्बासीहरुलाई जमिनको मालिक बनाउका लागि सहयोग गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।त्यसरी नै कृषि क्याम्पस सञ्चालन गर्ने, एक वडा एक स्वास्थ्य संस्था निर्माण गरी स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने पनि नीति तथा कार्यक्रममा उल्लेख छ । यसरीनै करको दायरा फराकिलो बनाइँदै लगिने पनि जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार