Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

इलाम नगरले नदीजन्य पदार्थ उत्खनन् गर्न रोक लगायो

इलाम नगरले नदीजन्य पदार्थ उत्खनन् गर्न रोक लगायो

  • सन्देश सम्वाददाता
  • सोमबार, असार ७ २०७८


इलाम नगरले नदीजन्य पदार्थ उत्खनन् गर्न रोक लगायो

इलाम । इलाम नगरपालिकाले खोलाबाट नदीजन्य पदार्थ उत्खनन् गर्न रोक लगाएको छ । बर्खाको समयमा नदीजन्य बस्तु उत्खनन् हुँदा बाढी पहिरोको जोखिम बढ्ने भन्दै रोक लगाएको हो । इलाम नगरपालिकाले आज एक सूचना जारी गर्दै नदीबाट गिटी, ढुङ्गा, बालुवा उत्खनन् नगर्न भनिएको छ ।

असार १ गतेदेखि भदौ मसान्तसम्म उत्खनन् गर्न रोक लगाइएको नगरपालिकाले जनाएको छ । नदी जन्य पदार्थ उत्खनन् गरेको पाइएमा कारबाही गरिने पनि नगरले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार