Local Sandesh बुधबार, कार्तिक १९ २०८३
  • ट्रेण्डिङ :

  • सन्देश सम्वाददाता
  • शनिबार, असार ५ २०७८


इलाम । नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाईज टिम विराटनगर सिटी एफसीले भुटानको क्लब पारो एफसीसँग सम्झौता गरेको छ ।
सम्झौता अनुसार दुई क्लबबीच युवा तथा सिनियर खेलाडीको आदानप्रदान, प्रि-सिजनका लागि मैत्रीपूर्ण खेल तथा फुटबल विकासका लागि प्राविधिक विशेषज्ञको आदानप्रदान हुनेछ ।
सम्झौेतामा विराटनगरका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुभाशिष कोइराला र पारोका अध्यक्ष कर्मा जिग्मेले हस्ताक्षर गरेका छन् ।
विराटनगरले शनिबार एक विज्ञप्ति निकाल्दै भुटानी क्लबसँग क्लबले सम्झौता गरेको जनाएको छ ।
दुई व्यवसायिक फुटबल विकास र स्तर सुधारका लागि पारोसँग सहकार्य गरिएको विराटनगरले जनाएको छ ।
ुपारो फुटबल क्लबसँग सम्झौता पत्रमा हस्ताक्षर भएको घोषणा गर्न पाउँदा विराटनगर सिटी एफसी खुसी छ,’ विज्ञप्तिमा भनिएको छ, ‘हामी साझेदारीसँग धेरै उत्साहित छौं ।’
विराटनगरले पारोसंग १ बर्षे सम्झौता गरेको छ । सम्झौता पछि थप गर्दै लगिने कोइरालाले जानकारी दिए
पहिलो संस्करणको एनएसएलमा विराटनगर लिग चरणबाट बाहिरिएको थियो ।

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार