Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

माईमा १ करोड ९० लाखको सिचाई योजना सञ्चालन हुँदै

माईमा १ करोड ९० लाखको सिचाई योजना सञ्चालन हुँदै

  • सन्देश सम्वाददाता
  • बुधबार, असार २ २०७८


माईमा १ करोड ९० लाखको सिचाई योजना सञ्चालन हुँदै

फिक्कल ।  चुरे क्षेत्रमा पर्ने इलामको माई नगरपालिका क्षेत्रमा १ करोड ९० लाख रुपैयाको लागतमा सिचाई योजना सञ्चालन हुने भएको छ । नेपाल सरकार र स्वीस सरकार विकास सहयोगको साझेदारीमा सञ्चालित साना सिचाई कार्यक्रम अन्तरगत माई नगरपालिकामा ३ वटा आयोजनाहरु संचालन हुने भएको हो । माई नगरपालिका मार्फत कार्यान्वयन हुने सिँचाई योजनाको बुधबार द्विपक्षीय सम्झौता भएको छ ।

नगर प्रमुख दिपक कुमार थेवेको उपस्थितिमा प्रमुख प्रशासकिय अधिकृत विष्णु कुमार थेगुवा र कार्यक्रम व्यवस्थापन तथा कार्यन्वयन सहयोग परामर्शदाता साना सिंचाई कार्यक्रम फिक्कल कलष्टरका संयोजक केशब लामा बिच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सम्झौता अनुसार साना सिचाई कार्यक्रम अन्र्तगत १ करोड ९० लाख ८ हजार रुपैयाँ बराबरको कार्यक्रम कार्यान्वयनका लागि खर्च गरिने छ ।

माई–२ र ३ बिचको ३५ हेक्टर क्षेत्रफलमा सिचाई हुने गरि लोदिया माई सिचाई योजनाका लागि ९२ लाख ७५ हजार, माई–५ को १४ हेक्टर सिचाई हुने गरि टाङटिङ्ग मुहान–कुम्बीटार साठ्ठीमुरे योजनाका लागि ३७ लाख १० हजार र माई–७ को २३ हेक्टर क्षेत्रफलमा सिचाई हुने गरि माईखोला तमाखे सिचाई योजनाका लागि ६० लाख ९५ हजार रुपैयाँ विनियोजना गरि नगर प्रमुख थेवेले जानकारी दिए ।

कार्यक्रम कार्यान्वयनका लागि स्वीस सरकार र नेपाल सरकार बिच भएको द्विपक्षीय सम्झौता, कार्यक्रम ब्यवस्थापन तथा कार्यान्वयन सहयोग परामर्शदाता र १ नम्बर प्रदेश सरकारसंग भएको समझदारी पत्र अनुसार जल उपभोक्ता संस्थाको १० प्रतिशत, स्थानीय, प्रदेश र संघीय सरकारको २०–२० प्रतिशत र स्वीस सरकारको ३० प्रतिशत लागत साझेदारी रहने छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार