Local Sandesh बुधबार, कार्तिक १९ २०८३
  • ट्रेण्डिङ :

जोर्डनविरुद्धको पहिलो लेगका ८ खेलाडी नेपालको सुरुवाती–११ मा

जोर्डनविरुद्धको पहिलो लेगका ८ खेलाडी नेपालको सुरुवाती–११ मा

  • नमीन ढकाल
  • सोमबार, जेष्ठ २४ २०७८


जोर्डनविरुद्धको पहिलो लेगका ८ खेलाडी नेपालको सुरुवाती–११ मा

इलाम । विश्वकप छनोट तथा एसिया कप छनोट अन्तर्गत जोर्डन विरुद्धको खेलमा नेपाली राष्ट्रिय टोलीमा पहिलो लेगमा खेलेका ८ खेलाडी सुरुवाती–११ मा देखिदैछन् । प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले पहिलो लेगका ८ खेलाडीलाई यस पटक सुरुवाती–११ मा उतार्दै छन् । गोलरक्षक किरण सहित डिफेन्डर अनन्त तामाङ, दीनेश राजवंशी, सुमन अर्याल, रोहित चन्द सुरुवाती–११ मा छन् ।

फरवार्ड अन्जन विष्ट र मिडफिल्डर सन्तोष तामाङ रहेका छन् । बेञ्चबाट मैदान प्रवेश गरेका अविशेक रिजाल पहिलो पटक जोर्डन विरुद्ध सुरुवाती–११ मा देखिदैछन् । अम्मान रंगशालामा सुरुवाती–११ मिडफिल्डमा रहेका रोहित यस पटक डिफेन्समा रहनेछन् । मिडफिल्डमै खेलेका अञ्जन यस पटक फरवार्ड छन् । अम्मान रंगशालमा नेपाली बेञ्चमा रहेका सुनिल बल र नवयुग श्रेष्ठ यस पटक समेत बेञ्चमा छन् ।

चाइनिज ताइपेई विरुद्धको खेलका ३ जना खेलाडी परिर्वतन गरिएको छ । प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले सुनिल बल, आशिष लामा र गौतम श्रेष्ठलाई बेञ्चमा राखेका हुन् । उनीहरुको स्थानमा अभिषेक रिजाल, दीनेश राजवंशी र विकास खवासले शिर्ष ११ मा स्थान बनाएका छन् ।

नेपालको गोलपोष्ट किरण चेम्जोङले सम्हाल्दा डिफेन्स लाइनमा रोहित चन्द र अनन्त तामाङ रहेका छन् । । विंगब्याकमा विकास खवास र दिनेश राजवंशी रहेका छन् । यस पटक प्रशिक्षकले सुमन अर्याललाई मिडफिल्डमा मौका दिएपनि लेफ्ट व्याक रुपमा विकासलाई साथ दिनेछन् । पुजन उपरकोटी र सन्तोष तामाङले सेन्टर मिडफिल्ड सम्हाल्नेछन् ।

सुमन लामा र अभिषेक रिजालले अन्जन विष्टलाई आक्रमणमा साथ दिनेछन् । जोर्डन विरुद्ध हालसम्म नेपालले जित निकाल्न सकेको छैन् । उत्कृष्ट नतिजाको रुपमा सन् २०११ मा दशरथ रंगशालामा भरत खवासले अन्तिम समय गोल गरेपछि निस्किएको १–१ को बराबरी हो । त्यसअघि जोर्डनको घरेलु मैदानमा नेपाल ९–० ले हारेको थियो ।

त्यस समय नेपाली टिममा रहेको कप्तान किरण र डिफेन्डर रोहित बाहेक अरु खेलाडी छैनन् । पछिल्लो पटक विश्व कप छनोटमा पहिलो लेगमा नेपाल जोर्डनसँग उसकै मैदानमा ३–० को हार बेहोरेको थियो ।
जोर्डनको सुरुवाती ११
गोलरक्षक : मुताज यासिन (कप्तान)
डिफेन्डर : मोहम्मद अल्सोलिमान, याजान अल्राब, मोहम्मद अल्देमीर, इसान हदाद
मिडफिल्डर : नुर–अल–दिन–अल–रवाबदे, इब्राहिम मोहम्मद सामी,मोउसा मोहम्म सुलेमान
फरवाड : वाहा फैजल सेफ, अलि इयाद ओलावान, याजान अब्दुल्लाह

 

प्रतिक्रिया
सम्बन्धित समाचार