Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

इलाममा थपिए ७३ संक्रमित

इलाममा थपिए ७३ संक्रमित

  • सन्देश सम्वाददाता
  • बिहिबार, जेष्ठ २० २०७८


इलाममा थपिए ७३ संक्रमित

इलाम । इलाममा आज एकै दिन ७३ जनामा कोरोना संक्रमण देखिएको छ । जिल्ला प्रशासन कार्यालय इलामको दैनिक कोरोना अध्यावधिक विवरण अनुसार सबैभन्दा बढि माङ्सेबुङ गाउँपालिकामा देखिएको छ । माङ्सेबुङमा १४ महिला र १० पुरुष सहित २४ जनामा संक्रमण देखिएको हो ।

माई नगरपालिकामा ७ महिला र १० पुरुषमा संक्रमण देखिएको छ । इलाम नगरपालिकामा १० जना, रोङ गाउँपालिका ९ जना, देउमाई नगरपालिका ७ जना, चुलाचुलीमा ४ र सूर्योदयमा २ जनामा संक्रमण देखिएको जनाइएको छ । माईजोगमाई, सन्दकपुर र फाकफोथुममा संक्रमण देखिएको छैन् । आज ७३ थपिएसंगै इलाममा संक्रमतिको संख्या १ हजार २ सय नाघेको छ । २७७ जना संक्रमणमुक्त हुँदा २६ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार