Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

नामसालिङकाे घलेडाँडामा ४१ जनामा टेस्ट गर्दा २० पोजेटिभ

नामसालिङकाे घलेडाँडामा ४१ जनामा टेस्ट गर्दा २० पोजेटिभ

  • सन्देश सम्वाददाता
  • मंगलबार, जेष्ठ १८ २०७८


नामसालिङकाे घलेडाँडामा ४१ जनामा टेस्ट गर्दा २० पोजेटिभ

नयाँबजार ।  माईजोगमाई गाउँपालिका वडा न–३ नामसालिङकाे घलेडाँडामा ४१ जनामा गरिएको परिक्षणमा जम्मा २० जनामा कोरोना पोजेटिभ देखिएको छ । एन्टिजेन विधिबाट कोरोना परिक्षण गर्दा कोरोना पुष्टि भएको माईजोगमाई गाउँपालिका स्वास्थ शाखा प्रमुख राम शङ्कर देवले जानकारी दिए ।

उक्त ठाउँमा केही दिन यता कोरोना सँग मिल्दो जुल्दो लक्षणहरु देखिए पछि माईजोगमाई गाउँपालिका स्वास्थ शाखाबाट परिक्षण गरिएको थियो । माईजोगमाई गाउँपालिकाले पछिल्लो समय एन्टिजेन विधिबाट कोरोना भाइरसको परिक्षणलाई तिब्रता दिएको छ । गाउँपालिकाको ६ वटै वडामा कोरोना संक्रमण भेटिएको छ ।

पछिल्लो समय वडा न ३ र वडा न ४ मा कोरोना तिब्र रुपमा फैलिरहेको स्वास्थ्य शाखाले जनाएको छ । कहाँबाट कोरोना आयो भन्नेमा अन्योल रहेको स्थानिय बताउँछन् । अहिले सम्म माईजोगमाई गाउँपालिकामा १२३ जनामा कोरोना संक्रमण देखिसकेको छ । ९ जना संक्रमणमुक्त हुँदा १ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार