इलाम । संघीय सरकारबाट इलामका १० वटा स्थानीय तहमा ३ अर्ब ९५ करोड ३४ लाख रुपैया विनियोजन भएको छ । यसरी हस्तान्तरण हुने मध्ये ३ अर्ब २५ करोड ३४ लाख रुपैया चालु तर्फ र ७० करोड पुँजीगत तर्फ खर्च हुनेछ । सरकारबाट ४ वटा नगरपालिकाको लागि मात्रै २ अर्ब ८ करोड ४७ लाख रुपैया आगामी आर्थिक बर्षको लागि विनियोजन भएको छ ।
त्यसैगरी ६ वटा गाउँपालिकाको लागि १ अर्ब ८६ करोड ८७ लाख रुपैया बजेट छुटयाइएको छ । जिल्लामा सबैभन्दा बढि इलाम नगरपालिकाकाले ६१ करोड ८० लाख रुपैया प्राप्त गरेको छ । सबैभन्दा कम प्राप्त गर्ने नगरपालिकामा माई रहेको । माई नगरपालिकाले ४० करोड १९ लाख रुपैया प्राप्त गरेको छ । त्यसैगरी सूर्योदय नगरपालिकाले ५८ करोड ६० लाख र देउमाई नगरपालिकाले ४७ करोड ८८ लाख रुपैया प्राप्त गरेको छ ।
गाउँपालिका तर्फ सबैभन्दा बढि फाकफोकथुम गाउँपालिको पाएको छ । फाकफोकथुम गाउँपालिकालाई संघीय सरकारले ३४ करोड १७ लाख रुपैया हस्तान्तरण गर्दैछ । सबैभन्दा कम माङ्सेबुङ गाउँपालिकामा २८ करोड ६७ लाख रुपैया रहेको छ । माईजोगमाई गाउँपालिकाले ३३ करोड ५० लाख रुपैया पाउने छ ।
चुलाचुली गाउँपालिकाले ३० करोड ६१ लाख रुपैया, रोङ गाउँपालिका ३० करोड १७ लाख र सन्दकपुर गाउँपालिकाले २९ करोड ७७ लाख रुपैया संघीय सरकारबाट प्राप्त गर्नेछ । सरकारले संघबाट वित्तीय समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान र समपूरक अनुदान गरी चार प्रकारका अनुदान तल्लो सरकारमा पठाउने गरेका छन् ।
यस्तो अनुदान राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको सिफारिसका आधारमा अर्थ मन्त्रालयले बजेट विनियोजन गर्ने प्रावधान रहेको छ । वित्तीय समानीकरण अनुदान तल्लो सरकारले निःशर्त पाउने रकम हो ।यस्तो अनुदानलाई उनीहरुले आफ्ना कार्यक्रममा राखेर बजेट बनाउन सक्छन् । आयोगले न्यूनतम अनुदान, सुत्रमा आधारित अनुदान र कार्य सम्पादनमा आधारित रहेर सिफारिस गर्छ ।