Local Sandesh बुधबार, कार्तिक १९ २०८३
  • ट्रेण्डिङ :

इराकविरुद्ध नेपाल : लाईभ

इराकविरुद्ध नेपाल : लाईभ

  • सन्देश सम्वाददाता
  • शनिबार, जेष्ठ १५ २०७८


इराकविरुद्ध नेपाल : लाईभ

इलाम । नेपालले अहिले मैत्रीपूर्ण खेलमा घरेलु टिम इराकसँग प्रतिस्पर्धा गर्दैछ । बसरास्थित अल्फायहा अन्तराष्ट्रिय मैदानमा नेपालले घरेलु टिमसँग खेल्नेछ । नेपाल र इराकबीचको खेल नेपाली समय अनुसार राति १०: १५ बजे सुरु हुनेछ । नेपाल र इराकबीचको खेल यस युट्युब च्यानलबाट लाईभ हेर्न सकिनेछ ।

विश्वकप छनोटको तयारीमा रहेको नेपालले फिफा वरीयतामा माथिल्लो स्तरको इराकविरुद्ध खेल्न लागेको हो । फिफा वरीयतामा इराक नेपाल भन्दा १ सय ३ औं स्थान माथि रहेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको वरीयतामा इराक ६८ औं स्थानमा छ । नेपाल १ सय ७१ औं स्थानमा छ । नेपाल र इराकबीच यो चौंथो भेट हुनेछ । यस अघि नेपाल र इराकले ३ खेलमा प्रतिस्पर्धा गरेका छन् ।

तीनै खेलमा इराकले ‘क्लिन स्विप’ गरेको छ । इराकसँगको मैत्रीपूर्ण खेलपछि नेपाली टोलि कुवेत जानेछन् । कुवेतमा हुने छनोटमा नेपालले अष्ट्रेलिया, जोर्डन र चाइनिज ताईपेसँग प्रतिस्पर्धा गर्नेछ । अब नेपालले जुन ३ मा ताइपे, जुन ७ मा जोर्डन र जुन ११ मा अष्ट्रेलियासँग खेल्नेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार