Local Sandesh मंगलबार, साउन १२ २०८३
  • ट्रेण्डिङ :

सूर्योदयमा आज एकैदिन ५६ जनामा संक्रमण पुष्टि

सूर्योदयमा आज एकैदिन ५६ जनामा संक्रमण पुष्टि

  • सन्देश सम्वाददाता
  • शनिबार, जेष्ठ १५ २०७८


सूर्योदयमा आज एकैदिन ५६ जनामा संक्रमण पुष्टि

फिक्कल । सूर्योदय नगरपालिमाका आज एकैदिन ५६ जना कोरोना संक्रमित थपिएका छन् । नगरले विभिन्न क्षेत्रका ११६ जनामा गरेको एन्टिजेन परिक्षणमा ५६ जनाको रिर्पोट पोजेटिभ आएको हो । नगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक बिपुल अधिकारीले जारी गरेको विज्ञप्ती अनुसार सामुदायिक भवन तिनघरेमा गरिएको परिक्षणबाट ५५ जनाका संक्रमण देखिएको छ ।

जसमा वडा नं ११ का १९ जना महिला र १५ जना पुरुष गरी ३४ जनामा संक्रमण देखिएको छ । वडा नं १२ का १० जना महिला र ११ जना पुरुष गरी २१ जनामा संक्रमण पुष्टि भएको छ । वडा नं १० को आहालेमा १ जना पुरुषमा संक्रमण देखिएको जनाइएको छ । नगरमा हालसम्म १६२ जनामा संक्रमण पुष्टि भएको छ । जसमा १८ जना निको भएर सामान्य जिवनमा फर्किएका छन् । कोभिडका कारण सूर्योदयमा ७ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार