Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

माईजोगमाईमा संक्रमण बढ्दै गएपछि उच्च सतर्कता

माईजोगमाईमा संक्रमण बढ्दै गएपछि उच्च सतर्कता

  • रोशन काफ्ले
  • शनिबार, जेष्ठ १५ २०७८


माईजोगमाईमा संक्रमण बढ्दै गएपछि उच्च सतर्कता

नयाँबजार । पछिल्लो समय भारतसंग सिमाना जोडिएको इलामको माईजोगमाईमा कोरोना संक्रमणको दर बढ्दै जान थालेको छ । पछिल्लो १० दिन यता माईजोगमाई गाउँपालिकामा सक्रमितहरुको दर उच्च रुपमा बढ्दै गएको स्वास्थ्य शाखाले जानकारी दिएको छ । शुक्रबार गाउँपालिकाको वडा नं ३ मामचोकमा ७० बर्षिय जेष्ठ नागरिकको  कारण मृत्यु भएको थियाे । उनमा कोरोना सँग मिल्दो जुल्दो लक्षण देखिएपछि साे क्षेत्रमा उच्च सतर्कता अपनाइएकाे छ ।

सो क्षेत्रका अन्य बासिन्दाहरुमा समेत कोरोनासंग मिल्दो लक्षण देखिएको स्वास्थ्य शाखाबाट जानकारी गराएको स्थानीय टीका आचार्यले बताए । मामचोक आसपासको क्षेत्रमा लक्षण देखिएपछि स्वास्थ्य शाखाले आज एन्टिजेन मार्फत परिक्षण गरेको छ । ४४ जनामा गरिएको परिक्षणमा १३ जनामा पोजेटिभ देखिएको स्वास्थ्य शाखा प्रमुख रामशंकर देवले जानकारी दिए ।

यता माईजोगमाई गाउँपालिका–३ मा दुग्ध संस्था र डेरीहरु एक साताको लागि बन्द गरिएको छ । मानिसहरुको भिडभाड उच्च हुने क्षेत्र भएकाले सहकारीका प्रतिनिधि र डेरी संचालकहरुसंग छलफल गरी आगामी १७ गतेबाट लागु हुने गरी बन्द गरिएको वडाध्यक्ष यामप्रसाद लामाले जानकारी दिए । चार पाङ्ग्रे र २ पाङ्ग्रे सवारीसाधनको हकमा इमरजेन्सी बाहेक जानुपरेका वडा कार्यालय वा प्रहरीलाई जानकारी गराउन लामाले आग्रह गरेका छन् ।

खाध्यान्न र तरकारी ढुवानीको सम्बन्धमा हप्ताको २ दिन आइतबार र बुधबार वडाको सिफारिस (पास) लिएर मात्र संचालन हुने छ । विकास निर्माणको काममा ५ जनामा भेला भएर गर्न पाइने लामाले जानकारी दिए । अहिले सम्म माईजोगमाई गाउँपालिकामा मात्र पिसिआर तथा एन्टिजेन विधिबाट आजको १३ जना सहित जम्मा ९६ जनामा कोरोना पोजेटिभ देखिसकेको छ भने १ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार