Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

फिक्कल–नयाँबजार सडकको १० किलोमिटरमा पक्की संरचना

फिक्कल–नयाँबजार सडकको १० किलोमिटरमा पक्की संरचना

  • सन्देश सम्वाददाता
  • शनिबार, जेष्ठ १५ २०७८


फिक्कल–नयाँबजार सडकको १० किलोमिटरमा पक्की संरचना

फिक्कल । इलामको उत्तरपूर्वी क्षेत्रका बासिन्दाले आवतजावत गर्ने फिक्कल नयाँबजार–जौबारी सडक खण्डको १० किलोमिटर क्षेत्रमा पक्की संरचना निर्माण सम्पन्न भएको छ । देशकै सबैभन्दा ठूलो आलु विकास केन्द्र जौवारी हुँदै भारत जोड्ने सडकको ५ किलोमिटर क्षेत्रमा सवबेसको काम समेत सम्पन्न भइसकेको निर्माण कम्पनीले खनाल एपेक्स जेभीले जनाएको छ ।

बरबोटे देखि पान्दाम खोलासम्म पक्की संरचनाको काम निर्माण सम्पन्न गरी सवबेसको काम भएको कम्पनीका प्रतिनिधि डिल्ली खनालले जानकारी दिए । सडकमा रिटेनिङ वाल, ग्याभिङ्ग वालको काम सकि डे«न निर्माणको काम समेत सम्पन्न भइसकेको छ । सो क्षेत्रमा २ वटा कल्र्भट समेत निर्माण भइसकेको छ । ट्रयाक खोलिएको ६५ बर्षपछि सडक कालोपत्रे गर्ने काम सुरु भएको थियो ।

सडक निर्माणको २०७६ मंसिरमा सम्झौता भएपनि सडक खण्ड सुरक्षाको उपाय अपनाएर निर्माण हुँदै आएको हो । प्रदेश सांसद खिनु लङ्वा लिम्बुको प्रस्तावमा प्रदेश एक सरकारबाट ५३ करोड ८९ लाखमा ठेक्का सम्झौता भएको निर्माण सुरु भएको हो । पूर्वाधार कार्यालय झापामार्फत काम हुँदै आएको आयोजनाका लागि चालु आर्थिक वर्षमा सात करोड रुपैयाँ बजेट विनियोजन भएको थियो ।

प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयले ५० प्रतिशत मात्रै बजेट प्रयोग गर्ने अख्तियारी दिएको थियो । अहिले सडक आयोजनामा हुँदै आएको भुक्तानी समस्याका हल गर्नका लागि पहल गरिरहेको सांसद लङ्वाले बताइन् । ‘सडक समयमा नै सम्पन्न गर्नका लागि आर्थिक समस्या हुन नदिन पहल गरिरहेको छु । उत्तरी इलामको लाइफलाइनको रुपमा रहेको सडक सम्झौता अवधिभित्र नै सम्पन्न हुनेछ । ’

सडकको कामले तिव्रता पाएपछि वर्षौसम्म समस्या भोग्दै आएका स्थानीयबासीमा खुशियाली छाएको छ । विक्रम सम्बत २०१० सालमा तत्कालीन बडाहाकिम सन्तवीर लामाको नेतृत्वमा फिक्कल–नयाँबजार सडकको ट्रयाक खोलिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार