Local Sandesh सोमबार, साउन ११ २०८३
  • ट्रेण्डिङ :

एक दशक यताकै खराब नतिजापछि बर्खास्तको सँघारमा पिर्लो

एक दशक यताकै खराब नतिजापछि बर्खास्तको सँघारमा पिर्लो

  • नमीन ढकाल
  • मंगलबार, जेष्ठ ११ २०७८


एक दशक यताकै खराब नतिजापछि बर्खास्तको सँघारमा पिर्लो

इलाम । सन् २०११–१२ यताको इटालियन सिरिएको उपाधि माथि एकछत्र राज गरेको युभेन्टसलाई यस पटक शिर्ष ४ मा रहँदै च्याम्पियन्स लिगमा छनौट हुन समेत निक्कै सकस प¥यो । यदि लिगको अन्तिम दिनको खेलमा नापोलीले भेरोना विरुद्ध बराबरीको नतिजाको सट्टा १–० को मात्र जित निकाल्न सफल भएको भए युभेन्टसको स्थानमा नापोली हुने थियो । र लाजियोसंगै युरोपा लिगको समुह चरणको खेलमा युभेन्टस हुने थियो ।

त्यती मात्र हैन् क्लब सन् २००६–०७ यता पहिलो पटक च्याम्पियन्स लिग खेल्ने अवसरबाट बञ्चित हुने थियो । बोलोग्ना माथि निकालेको फराकिलो जितले समेत उसको च्याम्पियन्स लिगको यात्रा रोक्न सक्थ्यो । युभेन्टसको भाग्य नापोलीको बराबरीले तय ग¥यो । भनिन्छ प्रशिक्षक केवल सफलताको साक्षी मात्रै हो । जब असफल हुन्छ त्यसपछि ब्यबस्थापनको पहिलो सिकार कोही हुन्छ भने त्यो प्रशिक्षक नै हो ।

उपाधि विहिन सिरिए यात्राको अन्त्यको दोष प्रशिक्षक आन्द्रे पिर्लोको काधमा जान्छ । गत सिजनबाट ओरालो लागेको युभेन्टसको यात्रालाई पिर्लोले समेत उकालो लगाउन सकेनन् । फ्रेन्च क्लब लायोनसँग अवे गोलका आधारमा पछि पर्दै च्याम्पियन्स लिगको प्रि क्वार्टरफाइनलबाटै बाहिरिएपछि इटालियन महारथीले ब्याक टु ब्याक लिएको निर्णय मध्ये तत्कालिन प्रशिक्षक माउरिजियो सारीको बर्खास्त र त्यस पछि उदाएका पिर्लो थिए ।

सारीपछि टोली सम्हाल्न एक से एक प्रशिक्षकको चर्चा थियो । तर अप्रत्यासित रुपमा पिर्लोको काधमा जिम्मेवारी आइप¥यो । जसको कल्पना समेत पिर्लोले सायद गरेका थिएन् । ३० जुलाई २०२० मा युभेन्टसको यु–२३ टोली ( जसले इटालियन फुटबलको तेश्रो श्रेणीको प्रतियोगिता सिरिसी प्रतियोगिता खेल्छ ) को मुख्य प्रशिक्षकमा नियुक्त भए । ९ दिन लगतै छलाङ मार्दै सिरिए टिम नै नेतृत्व गर्ने भुमिका पाए । त्यो अप्रत्यासित छलाङपछि इटालियन जाइन्टको प्रशिक्षण सम्हाल्नुपर्ने जस्तो दायित्व थेग्न पिर्लोका लागि वास्तवमा कठिन थियो ।

क्लबमा जियानुलुजी बुफोन जस्ता भेट्रान खेलाडी समेत थिए जो पिर्लोसंगै सन् २००६ को विश्वकप मात्र हैन् २०११ देखि २०१५ बिच युर्भेन्टसले जितेको उपाधिका सहयात्री पनि थिए । ‘माइस्ट्रोबाट मास्टर’ बन्ने अवसर युभेन्टसले पिर्लोलाई दिएको थियो । ‘युभेन्टसको एक्सपर्ट र प्रतिभावान टोलीले नयाँ उचाई छुन मद्दत गर्ने विश्वास सहित उनको बिश्व फुटबलको करिअरमा नयाँ अध्यायको शुरुवात हुदैछ । उनी ‘माइस्ट्रोबाट मिस्टर’ बन्दैछन् ।’ क्लबले मुख्य प्रशिक्षकका जिम्मेवारीमा २ बर्षको लागि अनुबन्ध गर्दा भनिएको थियो ।

विश्वका एक से एक हस्ती प्रशिक्षक भित्र्याउन सक्ने क्षमता इटालियन क्लबसंग थियो । तर अध्यक्ष आन्द्रे एग्नेलीले माथिल्लो स्तरमा कुनै पनि अनुभव नरहेका ४१ बर्षिय पिर्लोलाई जोखिम मोलेर जिम्मेवारी सुम्पिए । एग्नेलीलाई विश्वास थियो पिर्लोले सुखद नतिजा दिलाउनेछन् । खेलाडीको रुपमा ४ बर्षमा खुट्टाले जुन जादु चलाएका थिए त्यसबाट एग्नेली प्रभावित थिए । तर प्रशिक्षकको रुपमा उनले एग्नेलीको विश्वासलाई मुर्त रुपमा दिन सकेनन् ।

क्लबको मुख्य प्रशिक्षण सम्हालेको ६ महिना नवित्दै युभेन्टसलाई सुपरकोपा उपाधि दिलाए । त्यसको ३ महिना नवित्दै युभेन्टस च्याम्पियन्स लिगमा पोर्टोसंग अवे गोलका आधारमा पराजित बन्दै अन्तिम १६ बाट बाहिरियो । त्यस समय देखि नै पिर्लोको भविष्य अन्यौलमा रहेको चर्चा सुरु भएको थियो । सिरिएको नतिजाले विश्वस्तरिय खेलाडीहरुको भरिएको टोलीलाई एक दशक यताकै झुर नतिजा दिलाउने प्रशिक्षकको रुपमा नाम दर्ता गराए ।

पछिल्लो सिरिए नतिजापछि उनी बर्खास्तको नजिक पुगिसकेको फटबल पन्डितहरुको आंकलन छ । केहि दिन अघिसम्म च्याम्पियन्स लिगको यात्रा कठिन बन्दै गएपछि पिर्लो आफैमा पनि क्लबको आगामी सिजन लम्ब्याउनेमा आशावादी थिएनन् । यदपी नाटकिय रुपमा शिर्ष ४ मा रहँदै च्याम्पियन्स लिगमा पुगेपछि पिर्लोको भविष्य के हुनेछ भन्ने बारेमा चर्चाको बिषय बनेको छ ।

एक साता अघि एटलान्टालाई हराउँदै क्लबलाई दोश्रो उपाधिको रुपमा कोपा इटालिया दिलाए । तर युभेन्टसको लक्ष्य कोपा इटालिया नभएर च्याम्पिन्स लिग हो । सन् १९९६ यता च्याम्पियन्स लिगको उपाधिको पोल्टामा पार्न नपाएको क्लब सन् २०१७ यता फाइनल समेत पुग्न सकेको छैन् । त्यसैले क्लबले च्याम्पियन्स लिगकै लागि भनेर २०१८ महंगो मुल्यमा रियल मड्रिडबाट क्रिस्टियानो रोनाल्डो भित्र्यायो ।

रोनाल्डोको प्रवेशले समेत युभेन्टसको नतिजामा सुधार आउन सकेको छैन् । सार्रीको बखास्त पनि च्याम्पियन्स लिगसंगै जोडिएको घटना हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार