फिक्कल । सूर्योदय नगरपालिकामा विहिबार एकै दिन २२ जना संक्रमित थपिएका छन् । नगरपालिकामा पिसिआर टेस्टबाट १० जना र एन्टिजिन परिक्षणबाट १२ जनामा कोरोनाको संक्रमण देखिएको हो । नगरपालिकाका जनस्वास्थ्य निरिक्षक बिपुल अधिकारीले प्रेस विज्ञप्ती जारी गर्दै संक्रमितहरुको संख्या पुष्टि गरेका हुन् ।
गत जेठ ४ गते पशुपतिनगर स्वास्थ्य केन्द्रबाट २२ जनाको स्वाब संकलन गरी जाँचका लागिमेची अञ्चल अस्पताल कोटिहोम प्रयोगशालामा पठाइएकोमा ९ जना पुरुष र १ महिला रहेकी छन् । सूर्योदय नगरपालिका–१० मा ७ पुरुष र १ महिला संक्रमित थपिएका छन् । वडा नं ४ र ९ मा १/१ जना पुरुषमा संक्रमण देखिएको अधिकारीले जनाए ।
त्यसैगरी आज ३५ जनामा गरिएको एन्टिजिन परिक्षणमा १२ जनामा संक्रमण देखिएको हो । जसमा १० पुरुष र २ महिला रहेका छन् । वडा नं १० मा ४ पुरुष र २ महिलामा एन्टिजिन परिक्षणबाट संक्रमण देखिएको छ । वडा नं ४ मा ५ जना र वडा नं ९ मा १ जनामा संक्रमण देखिएको हो । हालसम्म नगरमा कुल संक्रमितको संख्या ६८ पुगेको छ । जसमा २ जना निको भएका छन् भने २ जनाको मृत्यु भएको जनाइएको छ ।
सूर्योदय नगरपालिकाले हाल नेपाल भारत सिमा क्षेत्रमा पशुपतिनगर स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा र आवश्यकताको आधारमा स्थानीय स्तरमा नै गएर निशुल्क एन्टिजेन्ट परीक्षणबाट कोभिड–१९ को परीक्षण गरिरहेको नगर प्रमुखका स्वकिय सचिव दिपेश राईले जानकारी दिए । यसका साथै पशुपतिनगरमा हाल १० शय्याको अक्सिजन सहितको अस्थायी कोभिड अस्पताल संचालनमा रहेको छ।