इलाम । प्रदेश एकका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री रामबहादुर मगर कोरोना संक्रमण उपचार तथा नियन्त्रणका लागि अतिआवश्यक सामग्री लिएर बुधबार गृहजिल्ला आएका छन् । मन्त्री रानाले स्वास्थ्य सामाग्री आजै इलाम अस्पताललाई हस्तान्तरण गरेका छन् ।
मन्त्री रानाले अस्पताल प्रमुख प्रभू साहलाई हस्तन्तरण गरेका हुन् । प्रदेश नं १ सामाजिक विकास मन्त्रालयबाट ल्याइएको सो सामग्री इलाममा भरखरै शुरु भएको दुई बेडको एचडियू सहितको कोभिड–१९ अस्पतालका लागि प्रयोग हुने जनाइएको छ ।

मन्त्री राना मार्फत हस्तान्तरण गरिएको सामग्रीहरुमा १० थान अक्सिजन सिलिण्डर, पीपीई गाउन २०० थान, सर्जिकल मास्क एक हजार थान, हेन्डसेनिटाइजर २० बोत्तल, डेटबडी ब्याग १० थान, अक्सिजन पोन्ज २० थान र भेन्ट्री मास्क १० थान रहेको छ । अक्सिजन सिलिन्डर ओमनमा रहेका गैर आवासिय नेपाली (एनआरएन) को सहयोगमा ल्याइएको हो ।
कोरोना परीक्षणका लागि आवश्यक किट १००० थान समेत आइरहेको मन्त्री रानाले बताए । इलाममा मंगलबार मात्र स्थापना गरिएको एचडिय÷आइसीयू सहितको अस्पतालको लागि आवश्यक जनशक्ति ल्याउन पहल भइरहेको पुर्व सभामुख सुवासचन्द्र नेम्बाङका स्वकीय सचिव कृष्ण काफ्ले जानकारी दिए ।