Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

मेची राजमार्गको इलाम माइखोला खण्डको धसिने क्रम नरोकिएपछि वैकल्पिक मार्गको प्रस्ताव

मेची राजमार्गको इलाम माइखोला खण्डको धसिने क्रम नरोकिएपछि वैकल्पिक मार्गको प्रस्ताव

  • सुजन तिमल्सिना
  • बुधबार, बैशाख २९ २०७८


मेची राजमार्गको इलाम माइखोला खण्डको धसिने क्रम नरोकिएपछि वैकल्पिक मार्गको प्रस्ताव

इलाम । पहाडी जिल्लालाई तराईसँग जोड्ने मेचीराजमार्गको माइखोला इलाम बजार खण्ड भासिने क्रम नरोकिएपछि राजमार्गको रुट नै परिवर्तन हुने भएको छ । हरेक वर्ष भासिने क्रम नरोकिएको र मर्मतमा करोडौँ खर्च भएपछि रुट नै परिवर्तन गरिने भएको हो ।
मेचीराजमार्गको माईखोला इलाम बजार खण्ड भासिने क्रम नरोकिएपछि राजमार्गको रुट परिवर्तन गर्न सडक विभागमा प्रस्ताव समेत भएको छ । कालोपत्रे भएदेखिनै वर्षातको समयमा राजमार्गको माइखोला गोलाखर्क सडक खण्डको विभिन्न क्षेत्रमा भासिने गरेको छ । हरेक वर्ष भासिने सडक जति मर्मत गरेपनि नियन्त्रणमा आउन नसकेपछि सडक खण्डको रुट नै परिवर्तन गरिने भएको हो ।
सडक खण्डको माइखोला क्षेत्रमा पहिरो नियन्त्रणका लागि रक एङ्करिङ्ग गरिएपनि पुर्ण रुपमा भासिने क्रम रोकिएको छैन । वर्षेनी सडक भासिने र वर्षैपिच्छे मर्मतमा खर्च भएपछि राजमार्गको रुट नै परिवर्तन गर्न लागिएको सडक डिभिजन इलामका डिभिजन प्रमुख अविमान मूल्मिले बताए । ‘रक एङ्करिङ्गको काम सकिएपछि केहि मात्रामा भासिने क्रमलाई नियन्त्रण त भयो डिभिजन प्रमुख मुल्मीले भने–‘ पुर्ण रुपमा नियन्त्रणमा आउने अवस्था छैन, भासीने क्रम नरोकिएकाले राजमार्गको वैकल्पिक रुप निर्माणको प्रस्ताव गरिएको हो ।’
सडक डिभिजनले माईखोला सडक खण्डको साटो इलाम बजारको तिल्केनीबाट बज्रदेवीहुँदै सिलपुर सडक वैकल्पिक रुटमा प्रस्ताव गरेको छ । वैकल्पिक सडक खण्डको जिल्ला स्थित सरोकारवाला निकायबाट अनुगमन भइ सडक विभागको योजना माहाशाखामा फाइल पठाइएको हो ।
माईखोला इलाम बजार सडक खण्ड भन्दा तिल्केनी बज्रदेवी सिलपुर सडक खण्ड ५ किलोमिटर छोटो रहेको छ । प्रस्तावित वैकल्पिक मार्गको ट्रयाक खनिसकिएको र सडक खण्डमा पर्ने माइखोलामा पुल निर्माणको काम सकिएको छ । प्रारम्भिक अध्ययनमा भौगोलिक अवस्थित राम्रो पाइएकाले सडक डिभिजनले विस्तृत अध्ययनका लागि सडक विभागमा सिफारिस गरेको छ ।
सडक डिभिजनले निरन्तर भासिएको माइखोला इलाम बजार खण्डपनि थप अध्ययनको काम गर्न सडक विभागलाई अनुरोध गरेको छ । सडक विभागको पहिलो अध्ययनबाट भौगोलिक अवस्थिति नै कमजोर भएको रिपोट आएपछि रक एङ्करिङ्ग गरिएपनि पहिरो नरोकिएपछि पुनः अध्ययनको लागि सो खण्डको पनि सिफारिस गरिएको हो ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार