Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

प्रदेश १ मा दोस्रो लहरको कोरोनाबाट मृत्यु हुनेको संख्या १०६ पुग्यो

प्रदेश १ मा दोस्रो लहरको कोरोनाबाट मृत्यु हुनेको संख्या १०६ पुग्यो

  • लोकल सन्देश
  • बुधबार, बैशाख २९ २०७८


प्रदेश १ मा दोस्रो लहरको कोरोनाबाट मृत्यु हुनेको संख्या १०६ पुग्यो

विराटनगर । प्रदेश १ मा कोरोनाको दोश्रो लहर सुरु भएयता १०६ जना संक्रमितले ज्यान गुमाएका छन् । गएको वैशाख १ यता हालसम्म उनीहरुको विभिन्न कोभिड अस्पताल एव होम आइसोलेसनमा मृत्यु भएको हो।पछिल्लो एक सातायता प्रदेशमा दैनिक ८ जना संक्रमितले ज्यान गुमाउँदै आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

कोभिड अस्पतालहरूका अनुसार पनि वैशाख महिनाको अन्तिम साता मृत्युदर अत्याधिक बढेको छ ।बिराट मेडिकल कलेजका निर्देशन डा ज्ञानेन्द्रमान सिंह कार्कीले अस्पताल भर्ना भएका बिरामीलाई बचाउन कठिन हुँदै जादा संक्रमितको मृत्युदर उच्च भएको बताए ।मन्त्रालयको अभिलेख अनुसार सोमबार मात्रै ११ जना संक्रमितको विभिन्न अस्पतालहरुमा उपचारका क्रममा मृत्यु भएको छ।

सोमबार बेलुकादेखि मंगलबार बिहानमात्रै प्रदेश १ का विभिन्न अस्पतालहरुमा थप १२ जनाले ज्यान गुमाएका छन्।मन्त्रालयका अनुसार कोरोनाको दोस्रो लहर सुरु भएपछि बैशाख ३ मा पहिलो एक जनाको मृत्यु भएको थियो। बैशाख २१ यता दैनिक मृत्युदर ८ जना रहेको छ ।प्रदेश १ मा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या भने ५ सय ७७ रहेको छ । जसमध्ये प्रदेश १ मै स्थायी ठेगाना भएका मृतकको संख्या ५ सय २९ पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार