नयाँबजार । माईजोगमाइ गाउँपालिकाको केन्द्र नयाँबजारमा भारतबाट केही दिन अगाडि आएका २ व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भए पछि आइतबारबाट बजार १ हप्ताका लागि बन्द छ । बैंक , बितिय संस्था , खाधान्न तरकारी पसल , मेडिकल बाहेकका अन्य सबै बजारका पसलहरु बन्द भएका छन ।

बजार क्षेत्र भित्रकै २ व्यक्तिलाई कोरोना पोजेटिभ देखिए पछि बजार पुर्ण रुपमा बन्द गरिएको गाउँपालिका अध्यक्ष जीतबहादुर राईले बताए । यता सुरक्षा निकायले पनि बजारमा अनावश्यक भिडभाड गर्न दिएको छैन । अनिवार्य मास्कको प्रयोग छ छैन कडाइ गरिएको छ ।बजार क्षेत्र भित्र अत्यावश्यक बाहेक अन्य काममा मानिसहरु आएका छैनन । बजार क्षेत्र सान सुन देखिन्छ ।

