नयाँबजार । माईजोगमाई गाउँपालिकामा आज नयाँ भेरियन्ट सहितको कोरोनाबाट २ जनामा संक्रमित भएका छन् । माईजोगमाई गाउँपालिका स्वास्थ शाखा प्रमुख राम शंकर देवले २ जनामा संक्रमण पुष्टि भए जानकारी दिए । संक्रमण देखिएकाे १ जनाकाे पुष्टि हुन बाकी रहेको छ ।
पुष्टि भएका २ जना केही दिन अगाडि भारतबाट आएका थिए । सुरुमा कुनै लक्षण नदेखिए पनि उनीहरू होम क्वारेन्टिनमा बस्दै आएका थिए । स्वास्थमा समस्या भएपछी हस्पिटल गएर पिसिआर परिक्षण गराउदा रिपोट पोजेटिभ आएको देवले जानकारी दिए ।
दुवै जनाकाे अहिले बिर्तासिटि हस्पिटल बिर्तामोडमा उपचार भइरहेकाे देवले जानकारी दिए । सरकारले पिसिआर गर्दा सबै विवरण चाडो थाहा पाउने हुदा सबैलाई सजग गराउन सजिलो हुने तर व्यक्ति आफैले पिसिआर परिक्षण गर्दा रिपोर्ट नदेखाउने र नभन्ने गरेका कारण कस्लाई लागेको हो भनेर थाहा पाउन गार्हो भएको देवले बताए।
हालसम्म ४ जनामा संक्रमण पुष्टि भइसकेकाे छ । साथै नयाँबजार क्षेत्र भित्र नै कोरोना देखा परेका कारण २०७८ बैशाख २६ गते बाट१ हप्ताका लागि बजार क्षेत्रका सम्पुर्ण होटल र पसलहरु बन्द गरिएको छ । गाउँपालिका अध्यक्ष जित बहादुर राईले विज्ञप्ति जारी गर्दै सम्पुर्ण गाउँबासिहरुलाई स्वास्थ मापदण्ड पालना गर्न आग्रह गरेका छन् ।