माई । इलामको माई नगरपालिकामा पिसिआर गरेका ८० प्रतिशतमा कोरोना पोजेटिभ देखिएको छ । पछिल्लो बैशाख २१ र २३ गते गरिएको १६ जनाको पिसिआर परिक्षणमा शनिवार १३ जनाको पोजेटिभ रिपोर्ट आएको माई नगरपालिका स्वास्थ्य शाखा प्रमुख पुष्कर कट्टेलले जानकारी दिए ।
कोरोना पोजेटिभ भई संक्रमित हुनेमा १० जना पुरुष र ३ जना महिला रहेका छन् । सबै भन्दा बढि माई–२ का ८, १४, २८ र २९ बर्षका पुरुष रहेका छन् । माई–३ का २८ र २९, माई–५ का ३४ र ७६, माई–७ का ३१ र माई–९का २२ बर्षका पुरुष रहेका छन।
त्यस्तै ३ जना महिला पनि संक्रमित भएका छन। संक्रमित हुनेमा माई–२ का २८ र ३४ बर्ष र माई–५ का ७३ बर्ष रहेका छन। संक्रमित हुनेहरु सबैभन्दा बढि २० देखि २९ बर्ष उमेर समुहका छन् । ३० देखि ३९ बर्षका ३ जना, १० देखि १९ र ७० देखि ७९ बर्षका २÷२ जना रहेको माई अस्पतालका डाक्टर रामकृष्ण आचार्यले जानकारी दिए ।
यस अघि माई–१, ३, ४ र ६ का ४ जना पुरुष संक्रमित भई होमआईसोलेशनमा रहेको प्रमुख कट्टेलले जानकारी दिए ।