फिक्कल । इलामका नयाँ भेरिएन्ट सहितको कोरोना संक्रमण माङ्सेबुङ गाउँपालिकामा समेत पुगेको छ । गाउँपालिकामा कार्यरत एक कर्मचारीलाई कोभिड–१९ पोजेटिभ देखिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत डिल्ली राम सुवेदीले जनाए ।
अब इलाममा कोरोना संक्रमण सन्दकपुर गाउँपालिकामा मात्र देखिएको छैन् । माङ्सेबुङले सुचना जारी गर्दै कोभिड पोजेटिभ देखिएका कर्मचारीसंग कन्ट्याक्ट ट्रेसिङमा परेको हुँदा गाउँपालिका र वडाबाट सवसाधारणलाई प्रदान गरिदै आएको सेवा बैशाख ३१ गतेसम्म बन्द गरेको जनाएको छ ।