इलाम । १३ औ सागकी स्वर्णधारी उसु खेलाडी जुनी राई बिबाह बन्धनमा बाधिएकी छन् । इलामकाे देउमाई नगरपालिका-३ कि जुनीले धादिङका निरज मगरसंग आज मगर परम्परा अनुसार बिबाह गरेकी हुन् । आफ्नो परिवारको सदस्य का माझमा विवाह गरेका हुन् ।
लामो समय देखि यसै मितिमा विवाहको टुङ्गो गरेका तथा प्रतिकुल अवस्था भएका कारण पूर्ण सुरक्षित रहँदै विवाह बन्धनमा बाँधिएको जुनीले बताएकी छिन् । जुनी र नीरज दुवै जना नेपाल प्रहरीका असई हुन् ।