Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

इलाममा थपिए १५ संक्रमित

इलाममा थपिए १५ संक्रमित

  • लोकल सन्देश
  • शुक्रबार, बैशाख २४ २०७८


इलाममा थपिए १५ संक्रमित

इलाम । इलाममा शुक्रबार १५ जना कोरोना संक्रमित थपिएका छन् । जिल्ला प्रशासन कार्याल इलामको संक्रमित अध्यावधिक विवरण अनुसार सवैभन्दा बढि इलाम नगरपालिकामा १३ जना थपिएका छन् । त्यसैगरी रोङ र देउमाईमा १÷१ जना पुरुषमा संक्रमण देखिएको हो ।

योसँगै इलाममा सङ्क्रमित हुनेको सङ्ख्या एक सय १६ पुगेको छ । इलाम अहिले नगर क्षेत्र आवातजावत बन्द गरिएपनि सङ्क्रमित बढ्ने क्रम घटेको छैन । कोरोनाको जोखिम बढेपछि स्थानीय तहले धमाधम अत्यावश्यक बाहेकका सेवाहरु बन्द गर्न थालेका छन् । इलामामा कोरोना सङ्क्रमणको कारण ४ जनाको मृत्यु भइसकेको छ । हालसम्म माङ्सेबुङ र सन्दकपुर गाउँपालिका सुरक्षित छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार