इलाम । इलाममा युवा पुस्तामा कोरोनाको संक्रमण जोखिम रहेका छन् । जिल्ला प्रशासन कार्यालय इलामको बैशाख २३ गतेको संक्रमित अध्यावधिक विवरण अनुसार २१ देखि ४० उमेर समुहका संक्रमित बढि पाइएको हो । इलाममा आजसम्म कुल १०१ जना कोरोना संक्रमित बन्दा २१ देखि ४० उमेर समुहका संक्रमितको संख्या ५५ जना रहेको छ । जसमा ३१ पुरुष र २४ महिला रहेका छन् ।
१ देखि २० बर्ष उमेर समुहका ४ पुरुष र ३ महिला गरी ७ जना, ४१ देखि ६० बर्ष उमेर समुहका १७ पुरुष र ११ महिला गरी २८ जना रहेका छन् । ६१ देखि ८० बर्ष उमेर समुहका ४ पुरुष र २ महिला तथा ८१ बर्ष माथिका ४ पुरुष र १ महिला रहेका छन् । इलाममा आज २ जना मात्र संक्रमित फेला परेका छन् ।
रोङमा एक जना महिला र चुलाचुलीमा १ जना पुरुष आज संक्रमित फेला परेका हुन् । दैनिक संक्रमितको संख्या बढ्दै जान थालेपछि स्थानीय तहले अत्यावश्यक बाहेकका सेवाहरु बन्दै गर्दै गएका छन् । हालसम्म कोरोनाको दोश्रो लहर माङ्सेबुङ र सन्दकपुर गाउँपालिका बाहेकका अन्य ८ स्थानीय तहमा फैलिसकेको छ ।
संक्रमितहरु मध्येको करिब ५९ प्रतिशत इलाम नगरपालिका क्षेत्रमा मात्र रहेका छन् । सूर्योदयमा १९, चुलाचुलीमा ७ तथा सूर्योदयमा ५ जना सक्रिय संक्रमित रहेको देखिन्छ ।