इलाम । सब्सिच्युट खेलाडी दर्शन गुरुङको गोलमा धनगढी एफसीले खुकुरी नेपाल सुपर लिग (एनएसएल) मा लिगमा पोखरा थन्डर्सलाई पराजित गदैै प्लेअफ पुग्ने पहिलो टिम बनेको छ । खेलको ३७ औं मिनेटमा ओलावाले ओलाडिपो आफिजको स्थानमा मैदान छिरेका दर्शनले ६८ औं मिनेटमा निर्णायक गोल गर्दै पोखरा विरुद्ध धनगढीलाई जित दिलाए ।
डिफेन्सले क्लियर गर्न नसकेको बललाई दर्शनले नियन्त्रणमा लिदै गरेको प्रहार पोजिसनमा नरहेका गोलरक्षक दीप कार्कीले ठम्याउन सकेन । त्यसअघि ६७औं मिनेटमा दर्शन गुरुङको प्रहारलाई गोलरक्षक दीप कार्कीले बचाएका थिए ।
जितपछि धनगढी ५ खेलबाट १० अंक जोडेर शीर्षस्थानमा उक्लदै शीर्ष चारमा स्थान पक्का गरेको छ ।
पराजयपछि पोखराको भने शीर्ष चारमा पर्ने सम्भावना न्युन बनेको छ । पोखराको ५ खेलबाट ५ अंक छ । समान ७ अंक रहँदा विराटनगर सिटी एफसी दोस्रो तथा काठमाडौं रेजर्स तेस्रो स्थानमा रहेको छ । समान ५ अंक रहेपनि बुटवल लुम्विनी चौथो तथा पोखरा पाँचौ स्थानमा रहेको छ ।
ललितपुर ३ अंक जोडेर छैटौ तथा चितवन २ अंक जोडेर पुछारमा छ । लिगमा बुधबार दुई खेल हुनेछ । पहिलो खेलमा दिउँसो २ः३० बजे ललितपुर सिटी एफसी र बुटवल लुम्विनी तथा दोस्रो खेलमा साँझ ५ः३० बने काठमाडौं रेजर्स र विराटनगर सिटी एफसीबीच प्रतिस्पर्धा हुदैछ ।