Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

एनएमसीको ४२ औ शाखा फिक्कलमा

एनएमसीको ४२ औ शाखा फिक्कलमा

  • सन्देश सम्वाददाता
  • सोमबार, बैशाख २० २०७८


एनएमसीको ४२ औ शाखा फिक्कलमा

फिक्कल । झापाको मेचीनगर मुख्य कार्यालय रहेको नेपाल बहुद्धेश्य सहकारी संस्था (एनएमसी) ले आफ्नो ४२ औ शाखा इलामको फिक्कलमा खोलेको छ । सूर्योदय नगरपालिका–१० मा रहको पञ्चकन्या बहुद्धेश्य सहकारीलाई समाहित गर्दै एनएमसीले झापा जिल्ला बाहिर पहिलो शाखाको रुपमा फिक्कलमा खोलेको हो ।

शाखाको पहिलो सेयर खरिदकर्ता गणेश घिमिरेले पानसमा बत्ती बाल्दै शाखाको उद्धघाटन गरे । २०५० सालमा स्थापना भएको एनएमसीको हालसम्म १ लाख १० हजार भन्दा बढि सेयर सदस्य रहेका छन् । पहिलो सेयर खरिदकर्ता घिमिरेलाई पञ्चकन्या सहकारीका अध्यक्ष देविप्रसाद उप्रेतीले १ लाख १० हजार ७ सय ६६ औ सदस्यको प्रमाणपत्र प्रदान गरे ।

सहकारीको चुक्ता सेयरपुँजी १ अर्ब ५ करोड रुपैया भन्दा बढि रहेको छ । संस्थाले आफ्ना सेयर सदस्यहरुमा ८ अर्ब भन्दा बढि लगानी गरेको छ । एनएमसीले झापा र इलामसंगै मोरङमा समेत शाखा विस्तार गर्ने तयारी गरेको छ । एनएमसीले मेचीनगर–५ सुरेन्द्रनगरमा पहिलो चरणमा २ करोड ५० लाखको लागतमा चिया उद्योग निर्माण थालेको छ ।

चालु आर्थिक बर्षमा उद्योग संचालनमा आउने अपेक्षा राखिएको छ । सहकारीले माघसम्ममा झापाका ९ स्थानमा १० करोड ३० लाख ६८ हजारको लागतमा सहकारी पसल समेत संचालनमा ल्याएको छ । २०७२ बैशाख २ गतेबाट मेचीनगरमा डेरी उद्योग समेत संचालनमा ल्याएको छ ।

त्यसैगरी २०७५ माघ १९ गतेबाट मेचीनगर–१४ मा १६ बिगाह क्षेत्रफलमा १२ करोड, ८९ लाखको लागतमा एकिकृत नमुना कृषि फर्म समेत संचालनमा ल्याइसकेको छ । सरकारले ल्याएको सहकारी मर्ज निति अनुसार एनएमसीसंग पञ्चकन्यालाई समाहित गरिएको अध्यक्ष उप्रेतीले बताए । २०५५ सालमा ३१ जना सेयर सदस्यबाट सुरु भएकाे सहकारीकाे हाल ५ सय भन्दा बढि सदस्यहरु रहेका छन् ।  एनएमसीले मंगलबारबाट फिक्कलमा कारोवार सुरु गर्नेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार