फिक्कल । इलामको सूर्योदय नगरपालिका–१० का १६ बर्षिय युवकको एन्टिजिन पोजेटिभ आएको छ । गत बैशाख १० गते काठमाण्डौबाट फिक्कल आएका उनको रिर्पोट पोजेटिभ आएको सूर्योदय नगरपालिकाका जनस्वास्थ्य निरिक्षक विपुल अधिकारीले जानकारी दिए । बैशाख १४ गते ज्वरो आएपछि उनी प्राथमिक स्वास्थ्य केन्द्र फिक्कल गएका थिए ।
चिकित्सकहरुले कोभिड–१९ एन्टिजिन परिक्षणको लागि प्राथमिक स्वास्थ्य केन्द्र पशुपतिनगर पठाएकोमा उनको रिर्पोट पोजेटिभ आएको हो । उनको पिसिआर जाँचको लागि स्वाब संकलन गरी मेची अञ्चल अस्पताल भद्रपुर पठाइएको अधिकारीले जानकारी दिए । हाल स्वास्थ्य अवस्था सामान्य रहि होम आइसोलेसनमा रहेका छन् ।
इलामका ४ सहित प्रदेश १ मा आज १८८ कोरोना संक्रमित थपिए
इलामका ४ सहित प्रदेश १ मा आज १८८ जना कोरोना संक्रमितथपिएका छन् । मोरंगमा ८३, सुनसरीमा ४०, झापामा २५, धनकुटामा ५, उदयपुरमा ४, भोजपुर, खोटाङ, संखुवासभा र ताप्लेजुङमा १–१ र प्रदेश १ बाहिरका २३ जनामा संक्रमण भएको सामाजिकविकास मन्त्रालयले जनाएको छ ।
मोरंगको विराटनगरमा २२ महिला र ४२ पुरुष सहित ६४, बेलबारीमा ५, उर्लाबारी र सुन्दरहरैचामा ३–३, बुढीगंगा र लेटाङमा २–२, रंगेली, कटहरी, ग्रामथान र स्थानीय तह नखुलेका १–१, सुनसरीको इटहरीमा २०, धरानमा ७, इनरुवामा ४, बराहक्षेत्रमा ३, बर्जुमा २, देवानगञ्ज, दुहवी, गढी र स्थानीय तह नखुलेका १–१, झापाको दमकमा ८, विर्तामोडमा ५, मेचीनगरमा ४, कनकाई ३, गौरादहमा २, गौरीगञ्ज, बुद्धशान्ति , झापा गाउँपालिकामा १–१, धनकुटाको महालक्ष्मीमा ३, पाख्रीवास र धनकुटा नगरपालिकामा १–१ जना रहेका छन् ।
उदयपुरको उदयपुरगढी र स्थानीय तह नखुलेका २–२, इलामको इलाम नगरपालिकामा २, चुलाचुली र माई नगरपालिकामा १–१, भोजपुरको आमचोकमा १, खोटाङको बराहपोखरीमा १, संखुवासभाको खाँदबारीमा १ र ताप्लेजुङको फुङलिङमा १र प्रदेश १ बाहिरका २३ जनामा संक्रमण भएको सामाजिकविकास मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३१ हजार ८३४ पुगेको छ । संक्रमितभएकामध्ये २९ हजार ९७७ पुगेको छ । सक्रिय संक्रमितको संख्या १ हजार ३७३ पुगेको छ । प्रदेश १ मा आज ७७४ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये ७१ महिला र ११७जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिकविकास मन्त्रालयले जनाएको छ ।
