Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

सरस्वती माविको अध्यक्षमा रिजाल सर्वसम्मत

सरस्वती माविको अध्यक्षमा रिजाल सर्वसम्मत

  • सन्देश सम्वाददाता
  • सोमबार, बैशाख १३ २०७८


सरस्वती माविको अध्यक्षमा रिजाल सर्वसम्मत
इलाम । इलामको सन्दकपुर गाउँपालिका–३ सुलुबुङको सरस्वती मावि विद्यालय व्यवस्थापन समितीको अध्यक्षमा पुर्व शिक्षक नेत्र रिजाल सर्वसम्मत चयन भएका छन् । लामो समयको छलफलपछि विव्यस अध्यक्षमा रिजालको नाममा सर्वसम्मत भएको हो ।
रिजाल सो विद्यालयबाट ५ बर्षअघि अवकाश पाएका थिए । यस्तै समितिको सदस्यहरुमा बालादेवी गड्तौला,महेन्द्र साउदेन, चन्द्रबहादुर राई, तुलसा गिरी खवास, लक्षिमाया लुङ्गेली, धर्मेन्द्र सुवेदी, नेत्र पराजुली, कृष्ण पाठक (वडा अध्यक्ष र सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक दिवाकर रिजाल र सदस्यमा गोपाल सुवेदी चयन भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार