इलाम । इलामका गायक रगुन गुरुङको ‘आफनोपन’ जापानको टोकीयोमा छायाङ्कन गरिएको छ । चर्चित गीतकार बिपिन किरणको शब्द र नारायण सुवेदीको संगीतमा गायक गुरुङ र गायिक मेलीना राईको स्वर रहेको गीतको सम्पूर्ण छायाङ्कन जापानको टोकियोमा गरिएको हो ।
गायक गुरुङको दोस्रो गीति एल्वम् आफनोपनको टाईटल गीत झुकाई आँखा प्रीतिको भाका बोलको गीतमा नबिनराज ‘शिवभक्ती’ र सविता अधिकारीले अभिनय गरेका छन् । नबिनराज ‘शिवभक्ती’को निर्देशनमा छायाङ्कन गरिएको गीतको भिडियो चाडै बजारमा आउने गायक गुरुङले जानकारी दिए ।

सूर्योदय नगरपालिकाको बरबोटे स्थायी बसोबास रहेका गायक गुरुङका दर्जनौ गीत यस अघि नै बजारमा आई सकेका छन् । गुरुङ शिक्षा क्षेत्रमा समेत संलग्न रहि स्थानीय स्तरबाट गीत संगीतमा निरन्तर संक्रिय रहदै आएका छन् ।
