Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

माईजोगमाईको केन्द्र नयाँबजारको फेरियो मुहार (फोटो फिचर)

माईजोगमाईको केन्द्र नयाँबजारको फेरियो मुहार (फोटो फिचर)

  • सुजन तिमल्सिना
  • सोमबार, बैशाख ६ २०७८


माईजोगमाईको केन्द्र नयाँबजारको फेरियो मुहार (फोटो फिचर)

नयाँबजार । इलामको उत्तरी माईजोगमाई गाउँपालिकाको केन्द्र रहेको नयाँ बजारको क्षेत्रमा पक्कि ढलान गर्ने काम सम्पन्न भएको छ । हिउँदमा धुलो र वर्षातमा हिलो हुने नयाँबजार क्षेत्रमा ढल निकाससँगै बजार क्षेत्रमा पक्कि ढलान गर्ने काम भएको हो । स्थापना भएको ६ दशकपछि नयाँबजारको व्यवस्थित विकास शुरु भएसँगै स्थानीयमा खुशियाली छाएको छ ।


इलामको उत्तरी क्षेत्रमा उत्पादन भएको कृषि उपज र दैनिक उपभोग्य सामग्री खरिद बिक्रि हुने नयाँबजारको विकासले गति लिन थालेपछि स्थानीयहरु खुशि भएका हुन् । नयाँबजार क्षेत्रको आर्थिक वर्ष २०७५÷०७६ बाट पक्कि ढलान गर्ने काम शुरु भएको थियो । नयाँबजार क्षेत्रमा आरसिसि ढलानको काम गर्न ६८ लाखमा ठेक्का संझौता भएको माईजोगमाई गाउँपालिका योजना शाखा प्रमुख विरध्वज लिम्बुले बताए ।


चिमटाइलो माटो रहेको लेकाली बजारमा पानी पर्नासाथ हिलोले हिडडुल गर्न सक्ने अवस्था नभएको बजार क्षेत्रमा पक्कि नालि सहित ढलान गर्ने काम क्रमागत रुपमा हुँदै आएको माईजोगमाई गाउँपालिका अध्यक्ष जितबहादूर राईले बताए । वि.स. २०१० सालमा सन्त बालागुरुले बसाएको नयाँबजार विस्तार हुँदै गएपछि व्यवस्थित सहरीकरणको काम गरिएको उनले बताए ।


माईजोगमाई गाउँपालिकाको केन्द्र घोषित भएपछि भौतिक पूर्वाधार निर्माणका कामले गति लिन थालेपछि बजारको रौनक फेरीदै गएको हो । पुरानो बजारलाई व्यवस्थित गर्न ढल निकास, ढलान, ल्याण्डफिल्ड साइड निर्माण, खानेपानीको व्यवस्थित वितरणको संरचना निर्माणको काम भएको प्रमुख प्रशासकिय अधिकृत भागवतप्रसाद रेग्मीले बताए ।


माईजोगमाई गाउँपालिका १ मा अवस्थित नयाँबजारमा आर्थिक वर्ष २०७६÷०७७ मा पक्कि संरचना बनाउन १ करोड ८ लाख रुपैँयाँमा ठेक्का संझौता भएको थियो । नयाँ संरचनासंगै नयाँबजारले नयाँ रुप लिदै गएको मात्र छैन यस बजारले इलामको उत्तरी क्षेत्रको आर्थिक विकास हुने विश्वास लिइएको छ । बजार क्षेत्रको २ सय ८२ मिटर क्षेत्रमा आरसिसि ढलानको काम सकिएको र बाँकी क्षेत्रमा पनि आगामि आर्थिक वर्षमा निर्माणको योजना रहेको गाउँपालिकाका इञ्जिनियर प्रकाश चौधरीले बताए ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार