कनकाई । झापाको कनकाई नगरपालिका ५ तुलसीवारीमा संचालित प्रदेश स्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधि सयपत्री युवा क्लव इलामले जितेको छ । बिहीवार भएको उपाधि भिडन्तमा कनकाई ११ को टिमलाई ८–१ गोल अन्तरले हराउदै सयपत्रीले उपाधि रक्षा गरेको हो ।
उपाधिसंगै सयपत्रीले नगद २५ हजार ५ सय ५५ रुपैँया हात पारेको छ । उपबिजेता कनकाईले १५ हजार ५५५ प्राप्त ग¥यो । स्थानीय तुलसीवारीको देवकोटा खेल मैदानमा भएको खेलमा बिजयी टिमको तर्फबाट बबिन बोहोरा र महेस राईले ह्याट्रिक पूरा गरे भने बाकी दुई गोल विवेक मगरले गरे ।
कनकाईका लागि एकमात्र सान्तवना गोल सनम राईले गरेका थिए । प्रतियोगिताका बिजेता तथा उपबिजेतालाई संघीय सांसद एलपी साँबा लिम्बु , कनकाई ५ का वडाअध्यक्ष कृष्णबहादुर राई लगायतले पुरस्कार वितरण गरे । प्रतियोगिताको सर्बोकृष्ट खेलाडी बिजयी टिमका महेस राई घोषित भए । सर्वाधिक गोलकर्ता कनकाई ११ का अर्जुन मर्डी घोषित भए । उनले खेल अवधिभरमा ७ गोल गरेका थिए ।