माई : इलामको माई नगरपालिकाभित्रका स्वास्थ्यकर्मीहरुलाई बृहत पोषण तथा क्षमता अभिबृद्धिसम्बन्धी ७ दिने तालिम शुरु भएको छ । माई नगरपालिकाको आयोजनामा भएको कार्यक्रममा पोषणसम्बन्धी एकिकृत प्याकेजमा तालिम प्रदान गरिने भएको हो ।
तीन चरणमा प्रदान गरिने तालिममा स्वास्थ्यकर्मीको ज्ञान, सीप तथा व्यवस्थापकीय पक्षको क्षमता अभिबृद्धि गरिने माई नगरपालिका स्वास्थ्य शाखा प्रमुख पुष्कर कट्टेलले जानकारी दिए । ६ देखि ५९ महिनासम्मका बालबालिकाको माध्यमबाट कुपोषितहरुको उपचार गर्नेगरी सञ्चालन गरिएको तालिममा पहिलो चरणमा १५ जना स्वास्थ्यकर्मीको सहभागिता रहेको अहेब जीवन ताजपुरियाले जानकारी दिए ।
तालिमलाई जिल्ला स्वास्थ्य कार्यालय इलामका जनस्वास्थ्य निरिक्षक कुलबहादुर पौड्याल, माई नगरपालिका स्वास्थ्य शाखा प्रमुख पुष्कर कट्टेल र डा।रामकृष्ण आचार्यले सहजीकरण गर्ने जनाईएको छ ।