Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

महिला फुटबलको उपाधि आयोजकको पोल्टामा

महिला फुटबलको उपाधि आयोजकको पोल्टामा

  • चेतन अधिकारी
  • आइतबार, चैत्र १५ २०७७


महिला फुटबलको उपाधि आयोजकको पोल्टामा

सुलुबुङ । इलामको सन्दकपुर गाउँपालिका–३ मा जारी महिला नकाउट फुटबल प्रतियोगिताको उपाधि आयोजक ए ले जितको छ । फाइनलमा जनता सेभेन फिक्कलको चुनौती १–० ले पन्छाउँदै आयोजकले उपाधिसंगै नगद २५ हजार २५ रक्षा गर्न सफल रहयो । उपविजेता जनता सेभेनले १५ हजार ५० प्राप्त ग¥यो ।

आज नै सम्पन्न सेमीफाइनलमा जनता सेभेनले गोदक एफसीलाई ५–२ ले हराउँदै फाइनलमा स्थान बनाउँदा आयोजकले कुवापानी एफसीलाई ३–२ ले हराएको थियो । उत्कृष्ट खेलाडी गोदककी सृजना राई घोषित भइन् । उत्कृष्ट गोलरक्षक आयोजककी करिना धिमाल, उत्कृट डिफेन्डर आयोजककी सुस्मा राई घोषित भइन् ।

प्रतियोगिता अवधिभर ६ गोल गरेकी आयोजककी कुसुम खतिवडा सर्वाधिक गोलकर्ता घोषित भइन् । उनीहरुले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगिताको विजेतालाई प्रमुख अतिथि गाउँपालिका अध्यक्ष उदयबहादुर राईले पुरस्कार हस्तान्तरण गरे ।

माईपोखरी रामसार स्र्पोटिङ क्लबको आयोजनामा गत फागुन १३ गतेबाट जारी प्रतियोगितामा इलाम र पाँचथरका १६ महिला फुटबल टिमको सहभागिता रहेको थियो । समापन समारोहका सभापति क्लबका अध्यक्ष निम दोर्जे शेर्पा रहेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार