Local Sandesh मंगलबार, साउन १२ २०८३
  • ट्रेण्डिङ :

नेपाली फुटबलर सम्मिलित नेसनल वुमन्स् च्याम्पियनसिप रद्द

नेपाली फुटबलर सम्मिलित नेसनल वुमन्स् च्याम्पियनसिप रद्द

  • नमीन ढकाल
  • आइतबार, चैत्र १५ २०७७


नेपाली फुटबलर सम्मिलित नेसनल वुमन्स् च्याम्पियनसिप रद्द

इलाम : नेपाली खेलाडी सम्मिलित नेसनल वुमन्स् फुटबल च्याम्पियनसिप रद्द भएको छ। पाकिस्तान फुटबल फेडेरेसनले आफ्नो आधिकारिक फेसबुक पेजमा सूचना जारी गर्दै प्रतियोगिता रद्द भएको जनाएको हो। प्रतियोगिता रद्द गर्नुको कारण भने खुलाइएको छैन।

नेपाली राष्ट्रिय टोलीका चार जना खेलाडी मासा युनाइटेडबाट खेल्न पाकिस्तानमा छन्। यसै वर्ष मात्र वुमन्स् फुटबल च्याम्पियनसिपमा डेब्यु गरेको मासाले नेपाली राष्ट्रिय टोलीकी गोलरक्षक एन्जिला तुम्बापो सुब्बालाई कप्तानको जिम्मेवारी दिएको थियो। गोलरक्षक एन्जिलासँगै डिफेन्डर गीता राना, मिडफिल्डर सरु लिम्बु र स्ट्राइकर अनिता केसी चम्किएपछि मासाले अपराजित रहँदै समूह विजेताको रुपमा नकाउट चरणमा स्थान बनाउन सफल भएको थियो।

https://www.facebook.com/PakistanFootballOfficial/photos/a.107029007464941/282208409946999/

मासाले तीन जित र एक बराबरी निकाल्ने क्रममा ६० गोल गर्दै दुई गोल मात्र व्यहोरेको थियो। समूह बीको विजेता मासाले क्वाटरफाइनअन्तर्गत समूह डीको उपविजेता डिया वुमन फुटबल क्लबसंग प्रतिस्पर्धा गर्ने तय भएको थियो। तर‚ पाकिस्तान फुटबल फेडेरेसनले शनिबार मध्यरातमा आफ्नो फेसबुक पेजमार्फत २०२१ को प्रतियोगिता रद्द भएको जनाएको छ।

प्रतियोगिताको विजेता टिमले एक मिलियन पाकिस्तानी रुप्पी पाउने तय भएको थियो। उपविजेताले ७ लाख ५० हजार, तेस्रो टिमले ५ लाख र डेभलप्मेन्ट चरण विजेताले ५० हजार पाउने तय भएको थियो ।
यस वर्ष प्रतियोगितालाई दुई चरणमा विभाजन गर्दै सुरु गरिएको थियो।

मुख्य चरण र डेभलप्मेन्ट चरण। मुख्य चरणमा प्रत्येक समुहका शीर्ष दुई टिम समावेश हुनेछन्। डेभलेप्मेन्ट चरणमा समूहको शीर्ष दुईबाहेकका टोलीहरु बीच प्रतिस्पर्धा हुने तय भएको थियो। प्रतियोगिताको दौरान मासासँग प्रतिस्पर्धा गर्नुभन्दा दुई दिनअघि (१४ मार्च) मा बिमा नै रहेको कराँची युनाइटेडको खेलाडीमा कोरोना देखिएपछि केही समय खेल स्थगित समेत भएको थियो।  कराँचीले पुनः २५ मार्च  (चैत्र १३) गते मासासँग प्रतिस्पर्धा गर्दै २–२ गोलको बराबरी गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार