Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

उपाधिको लागि आयोजक र शिवसताक्षी भिड्दै

उपाधिको लागि आयोजक र शिवसताक्षी भिड्दै

  • सन्देश सम्वाददाता
  • शनिबार, चैत्र १४ २०७७


उपाधिको लागि आयोजक र शिवसताक्षी भिड्दै

इलाम । धुलावारीमा जारी चौथो रोलिङ क्लब च्यालेन्ज कपको उपाधिको लागि आयोजक र शिवसताक्षी भिड्दैछन् । धुलाबारी माविको खेलमैदानमा जारी प्रतियोगिताको उपाधि भेट पक्का गर्ने क्रममा आयोजकले इलामको रेडहर्ष स्र्पोटिङ क्लबलाई ३–१ ले पराजित गरेको थियो ।

शिवसताक्षीले धाइजन चारालीलाई हराउँदै फाइनलमा स्थान बनाएको थियो । चैत ७ देखि सुरु भएको प्रतियोगिताको विजेता टिमले २ लाख र उपविजेता टिमलाई १ लाख नगदसहित ट्रफि प्राप्त गर्नेछ । प्रतियोगितामा आयोजक रोलिङ क्लब, एपिएफ झुम्का, रेडहर्ष एफसी इलाम, न्यू स्टार एफसी सुनसरी, चारआली–धाइजन एफसी मेचीनगर, पथरी एफसी मोरङ, कर्णसिंह सोनाम एफसी ताप्लेजुङ र शिवसताक्षी एफसी झापाको टोलीले सहभागिता रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार