Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

ज्ञानोदयमा छात्रवृत्ति बितरण, सम्मान तथा स्वागत कार्यक्रम

ज्ञानोदयमा छात्रवृत्ति बितरण, सम्मान तथा स्वागत कार्यक्रम

  • सन्देश सम्वाददाता
  • शुक्रबार, चैत्र १३ २०७७


ज्ञानोदयमा छात्रवृत्ति बितरण, सम्मान तथा स्वागत कार्यक्रम

फिक्कल । माईजोगमाई गाउँपालिका–२ मा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा छात्रवृति वितरण, सम्मान तथा स्वागत कार्यक्रम सम्पन्न भएको छ । पबित्रा देबि तिवारी प्रतिभाशाली विद्यार्थी प्रोत्साहन पुरस्कार अक्षयकोषका संस्थापक रमेश तिवारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा गत बर्षको एसइइमा उत्कृष्ट नतिजा ल्याउन सफल समिक्षा खड्कालाई पबित्रा देबि तिवारी प्रतिभाशाली विद्यार्थी प्रोत्साहन पुरस्कार बाट नगद सहित सम्मान गरिएको थियो।

त्यस्तै प्राथमिक तहमा अध्ययनरत बिद्यार्थीलाई प्रदान गरिने महेन्द्रभोज जेहेन्दार छात्र छात्रवृत्ति विद्यालयमा अध्यनरत विद्यार्थी लोकबहादुर थापा र अर्जुन कोइरालालाई प्रदान गरिएको छ। कार्यक्रममा एसइइमा उत्कृष्ट नतिजा ल्याउने छात्र छात्रालाइ प्रदान गरिने खडानन्द रोहिणी स्मृति पुरस्कार छात्रा तर्फ समिक्षा खड्का र छात्र तर्फ निरकुमार महतलाई नगद सहित प्रदान गरिएको छ।

कार्यक्रममा विद्यालय १० बर्ष भन्दा बढी सेवा गर्ने शिक्षकलाइ प्रदान गरिने बिरभद्र माता पिता प्रतिभाशाली शिक्षक प्रोत्साहन पुरस्कार शिक्षकहरु टेक बहादुर भण्डारी ,रुपामाया महत र खड्ग बहादुर थापालाइ अक्षयकोष सस्थापक विद्यालयका शिक्षक प्रकाश थामीले नगद ,प्रमाणपत्र र उपहार सहित प्रदान गरे।

त्यस्तै कार्यक्रममा नव आगन्तुक शिक्षकहरु भुपेन्द्र खड्का,रेस्मा थामी र सुमित्रा गुरुङलाई विद्यालय ब्यस्थापन समिती अध्यक्ष ,प्रधानाध्यापक लगायतले फुलमाला अबिर र माया चिनो प्रदान गरि स्वागत गरे । साथै गतबर्षको परिक्षामा उत्कृष्ट स्थान हासिल गर्ने कक्षा नर्सरी देखि एसइइ सम्मका विद्यार्थी तथा अन्य विविध बिधामा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कृत गरिएको थियो।

कार्यक्रममा विद्यार्थीहरु द्वारा नृत्य प्रस्तुत गरेका थिए। विद्यालयका शिक्षक चन्द्रकान्त पौड्यालले स्वागत मन्तब्य राखेको कार्यक्रममा बिद्यालय ब्यस्थापन समिती अध्यक्ष राजकुमार राई,सदस्य दुर्गा बहादुर महत, प्रधानाध्यापक गोबिन्द प्रसाद तिम्सिना,शिक्षक टेकबहादुर भण्डारी ,भुपेन्द्र खड्का र अक्षयकोष संस्थापकको तर्फबाट प्रकाश थामीले मन्तब्य राखेका थिए। कार्यक्रमको संचालन शिक्षक खड्ग थापाले गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार