Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

माईजोगमाईका कृषकलाई अनुदानमा कृषि सामाग्री

माईजोगमाईका कृषकलाई अनुदानमा कृषि सामाग्री

  • सन्देश सम्वाददाता
  • बिहिबार, चैत्र १२ २०७७


माईजोगमाईका कृषकलाई अनुदानमा कृषि सामाग्री

नयाँबजार । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्र्तगत कृषि ज्ञान केन्द्रको ५० प्रतिशत अनुदानमा इलामको माईजोगमाईमा कृषकहरुलाई कृषि औजार सामाग्री वितरण गरिएको छ । सोयाङ साना किसान कृषि सहकारी संस्थाको आयोजनामा भएको कार्यक्रममा दुई दिने तरकारी खेती तालिमको समेत समापन गरिएको छ ।

कृषकहरुले अनुदानमा हाते ट्याक्टर, प्लाष्टिक टनेल, डिजिटल काँटा, प्लाष्टिक पोखरी र बिउविजन प्राप्त गरेको सहकारीका प्रबन्धक केदार श्रेष्ठले जानकारी दिए । पार्वता पोखरेलको अध्यक्षतामा एवम गाउँपालिका अध्यक्ष जीतबहादुर राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडा नं ५ का वडाध्यक्ष दाताराम सञ्जेलको विशेष आतिथ्यता र वडा सदस्य टीका बहादुर खत्रीको आतिथ्यता रहेको थियो ।

तालिमलाई कृषि ज्ञान केन्द्र वागवानी विकास अधिकृत गणेश राई, हेमराज पाण्डे र रुजन खड्काले सहजीकरण गरेका थिए । तालिममा २२ महिला र २० जना पुरुषको सहभागिता रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार