Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

तिनघरे साखेजुङ गोल्डकपको सेमिफाइनलमा

तिनघरे साखेजुङ गोल्डकपको सेमिफाइनलमा

  • सन्देश सम्वाददाता
  • सोमबार, चैत्र ९ २०७७


तिनघरे साखेजुङ गोल्डकपको सेमिफाइनलमा

नेपालटार । सूर्योदय नगरपालिका इलामको तिनघरे युवा क्लब यहाँ जारी साखेजुङ गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार सम्पन्न तेस्रो क्वाटरफाइनल खेलमा पाँचथर रानीटारको स्वतन्त्र एफसीलाई २-१ गोलले पराजित गर्दै तिनघरे युवा क्लब अन्तिम चारमा पुगेको हो । तिनघरेका लागि कप्तान रविन राई र शेखर राईले गोल गरे ।
स्वतन्त्र एफसीका लागि सुमन गुरुङको गोल सान्त्वना रह्यो । खेलको म्यान अफ दी म्याच तिनघरेका रविन राई घोषितहुँदै नगद पुरस्कार पाउन सफल भए । सोमबार रेडहर्ष एफसी इलाम र पुवामझुवा स्पोर्टिङ क्लबबीच खेल हुनेछ ।
साखेजुङ फुटबल क्लबको आयोजनामा भएको प्रतियोगितामा ८ टिम सहभागी छन् । प्रतियोगिताको विजेताले नगद १ लाख ११ हजार १११ पाउँदा उपविजेताले नगद ५५ हजार ५५५ र ट्रफीमा चित्त बुझाउनेछ ।
प्रतियोगिताको मुख्य प्रायोजक इलाम नगरपालिका १ नम्बर वडा कार्यालय रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार